कञ्चनपुर

तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिला अधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । "/>

दबाबमूलक समूह दुई गुटमा विभाजित : निर्मला हत्या प्रकरण

दबाबमूलक समूह दुई गुटमा विभाजित : निर्मला हत्या प्रकरण


कञ्चनपुर

तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिला अधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउने माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।

सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त मात्र गरेकाले निर्मलाको हत्यारा पत्ता लगाउने कुरा ओझेलमा पार्न खोजेको भन्दै असन्तुष्ट स्थानीयले प्रदर्शन गरेका हुन् ।

‘हाम्रो मुख्य माग निर्मलाका हत्यारालाई सार्वजनिक गरेर कारबाही हुनपर्छ भन्ने हो,’ नागरिक संघर्ष समितीका संयोजक मीना भण्डारीले भनिन्, ‘हत्यारा बचाउन प्रमाण नष्ट गर्नेलाई बर्खास्त गरेर मात्र समस्या समाधान हुँदैन ।’ हत्यारा बचाउन प्रमाण नष्ट गर्ने, निर्दोषलाई दोषी करार गर्नेलगायतका कतुर्त गर्ने प्रहरीले दोषीलाई जोगाउन चलखेल गरेकाले तिनीहरु माथि अनुसन्धान हुनुपर्ने उनीहरुको भनाइ छ ।

आन्दोलनमा दुई गुट

साउन १० गते साथी घरमा गएकी निर्मलाको शव फेला परेपछि आफन्त, स्थानीय र महिला अधिकारकर्मीले साउन ११ गते देखि दोषीलाई पत्ता लगाउन आन्दोलन सुरु गरे । निर्दोष दीलिप बिष्टलाई प्रहरीले भदौ ४ गते दोषी भनेर सार्वजनिक गरेपछि भदौ ५ गतेबाट चर्केको आन्दोलनमा गोली लागेर शनी खुनाको ज्यान गयो भने कयौं घाइते भए ।

निर्मलाको हत्यारा पत्ता लगाउनु पर्छ भन्ने एउटै मागका लागि गरिएको आन्दोलन दुई गुटमा बाँडियो । सुरुका दिनमा निर्मला हत्या पत्ता लगाउन हेलन श्रेष्ठको संयोजकत्वमा गठन भएको संघर्ष समितिले अगुवाइ गर्यो । केही सातापछि भण्डारीको संयोजकत्वमा अर्को नागरिक संघर्ष समिति गठन भयो । एकले अर्कोको अस्तित्व नस्वीकार्ने दुई समितिमा बाँडिएका महिलाबीच द्वन्द्व भइरहेका बेला मीना भण्डारीको टीमका महिला अधिकारकर्मीले निर्मलाकी बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई अर्को टिमका महिलालाई जानकारी नदिई भदौ २५ गते काठमाडौं लगेपछि यी दुई गुटको विवाद छताछुल्ल भयो ।

आफन्तले बुझेनन् क्षतिपूर्ति

प्रमुख जिल्ला अधिकारीले दुई पटक बोलाउँदा पनि सरकारले उपलब्ध गराएको क्षतिपूर्ती निर्मलाका बुवा यज्ञराज पन्तले बुझ्न अस्वीकार गरेका छन् । ‘छोरीको हत्या पत्ता लगाउने कुरा मुख्य हो, क्षतिपूर्ति होइन । त्यसैले क्षतिपूर्ती नलिएको हुँ,’ निर्मलाका बुवा यज्ञराज पन्तले भने, ‘दुई पटक सिडिओले क्षतिपूर्ती लिन बोलाएका हुन् । मैले बुझेको छैन ।’ हत्यारा पत्ता लगाउनु मुख्य कुरा भएको उनले बताए ।
नागरिकबाट

Skip This
Logo