काठमाडौँ

छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । "/>

कस्तो छ प्रधानमन्त्रीलाई ? यस्तो छ पछिल्लो स्वास्थ्य रिपोर्ट !

कस्तो छ प्रधानमन्त्रीलाई ? यस्तो छ पछिल्लो स्वास्थ्य रिपोर्ट !


काठमाडौँ

छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन ) भएको छ ।

दसैँको टीकाको दिन देखि बिरामी भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सुरुमा सामान्य रुघाखोकी लागेका उनलाई छाती दुखाइ र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हो । एक दशक अघि मिर्गौला प्रत्यारोपण गरेकाले उनलाई चाँडै संक्रमण हुने समस्या छ ।

सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौला सम्म पुग्न नदिन चिकित्सकहरूले प्रयास गरिरहेको बताए ।

सिसियूमा राखिएका प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा.अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह र डा. प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास र एनेस्थेसिया डा. सुवास आचार्य खटिएका छन् । केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

यस्तो छ पछिल्लो स्वास्थ्य रिपोर्ट

प्रधानमन्त्रीको शरीर दुई दिन देखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । रगतमा चिनीको मात्रा असन्तुलित छ । तर मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ । ज्वरो भने आएको छैन । चिकित्सकका अनुसार श्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौला सम्म पुगेको छैन । प्रधानमन्त्रीको स्वास्थ्यको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको हो ।
नयाँ पत्रिकाबाट

Logo