काठमाडौँ

भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य अकासिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ आलुको खुद्रा मूल्य न्यूनतम ८५ रुपैयाँ प्रतिकिलो तोकेको छ । "/>

आलुको मूल्य उच्च : प्रतिकिलो सय रुपैयाँ पुग्यो

आलुको मूल्य उच्च : प्रतिकिलो सय रुपैयाँ पुग्यो


काठमाडौँ

भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य अकासिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ आलुको खुद्रा मूल्य न्यूनतम ८५ रुपैयाँ प्रतिकिलो तोकेको छ । त्यहाँबाट राजधानीका साना–ठूला बजार र पसलमा लगेर बिक्री हुने आलु प्रतिकिलो सय रुपैयाँसम्म पुगेको छ ।

चार महिनाको अवधिमा आलुको मूल्य दोब्बर वृद्धि भएको हो । चालू आव ०७५,७६ को सुरुबाटै आलुको मूल्यमा निरन्तर वृद्धि हुँदै आएको छ  । ११ असारमा आलु ४८ रुपैयाँ प्रतिकिलो थियो । चार महिनापछि ११ कात्तिकमा सय पुगेको हो । दसैँ अघिको मूल्यमा करिब ७० प्रतिशतले वृद्धि भएको छ । दसैँअघि १२ असोजमा कालिमाटीमा आलुको खुद्रा मूल्य प्रतिकिलो ६८ रुपैयाँ थियो । दसैँ सकिए लगत्तै ७ कात्तिकमा बढेर ७३ रुपैयाँ प्रतिकिलो पुग्यो । आइतबार कालिमाटीमा ८५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको छ ।

यसै विच व्यवसायीले तिहारपछि स्वदेशी आलु प्रशस्त मात्रामा आउने र मूल्य घट्ने बताए । तिहार लगत्तै आलुको मूल्य प्रतिकिलो ४०–४५ मा झर्ने व्यवसायीहरूको अनुमान छ । तिहारपछि काभ्रेको पनौती, पाँचखाल, धुलिखेल तथा सिन्धुपाल्चोकको मुडे, मकवानपुरको पालुङ लगायत ठाउँबाट आलु आउने र मूल्य घट्ने व्यवसायी बताउँछन् । काठमाडौंको बजारमा स्वदेशी उत्पादनतर्फ सबैभन्दा बढी काभ्रेबाट ५० प्रतिशतसम्म आलु आउने गर्छ ।
नयाँ पत्रिकाबाट

Logo