कतार

राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएको छ । "/>

राष्ट्रपति भण्डारी रात्रिभोजमा सरिक

राष्ट्रपति भण्डारी रात्रिभोजमा सरिक


कतार

राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएको छ ।

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुभएको हो । मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार देखि कतार भ्रमणमा हुनुहुन्छ ।

यस अघि राष्ट्रपति भण्डारीले हिजो नै दोहास्थित “बलद्ना फुड इन्डष्ट्रिज” को अवलोकन भ्रमण गर्नु भएको थियो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक हुनुहुन्छ ।
रासस

Logo