पीपीएल: पारसले दिए पोखरा पल्टनलाई १४१ रनको चुनौती

पीपीएल: पारसले दिए पोखरा पल्टनलाई १४१ रनको चुनौती


पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई १ सय ४१ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन जोडेको हो।

चितवनका लागि सन्नी पटेलले ४६ रनको पारी खेले। उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै कप्तान पारस खड्काले सर्बाधिक ४४ रनको पारी खेले। ३२ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। सोनु तामाङमाले २१ र अनिलकुमार साहले १६ रन जोडे।

उता पोखराका विक्रम भुषालले २ विकेट लिए भने शरद भेषवाकर, मोहबुब आलम र मोहम्मद नाभिदले समान १–१ विकेट लिए।

अहिले पोखरा पल्टनले जवाफी ब्याटिङ्ग गरिरहेको छ।

Logo