नेपाल सरकार र मलेसिया सरकारबीच आज कामदार भर्ना, रोजगार र फिर्ता सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशोधनमन्त्री एम कुला शेघरानले सोमबार काठमाडौंमा नेपाली कामदार लैजाने विषयमा महत्वपूर्ण श्रम सम्झौतामा हस्ताक्षर  गरेका हुन्  । "/>

अब मलेसिया जाने नेपालीलाई १५ महत्वपूर्ण सुबिधा (भिडियोसहित)

अब मलेसिया जाने नेपालीलाई १५ महत्वपूर्ण सुबिधा (भिडियोसहित)


नेपाल सरकार र मलेसिया सरकारबीच आज कामदार भर्ना, रोजगार र फिर्ता सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशोधनमन्त्री एम कुला शेघरानले सोमबार काठमाडौंमा नेपाली कामदार लैजाने विषयमा महत्वपूर्ण श्रम सम्झौतामा हस्ताक्षर  गरेका हुन्  । नेपाली कामदार मलेसिया जान थालेको दुई दशकपछि गरिएको समझदारीसँगै हवाई टिकट, भिसा, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचवापतका खर्च नेपाली कामदारले व्यहोर्न नपर्ने भएको छ ।

विगतमा कामदारलाई लाग्दै आएको लेभी पनि सो समझदारीसँगै हटेको छ । कामदारको पारिश्रमिक हरेक महिनाको ७ दिन भित्र बैकमार्फत् भुक्तानी गर्ने व्यवस्था पनि समझदारीमा गरिएको मन्त्री विष्टले बताए । त्यसैगरी महिला कामदारहरुको सुरक्षा, संरक्षण र रेखदेखबारे पनि समझदारीमा उचित व्यवस्था गरिएको छ । मलेसियामा कार्यरत नेपाली कामदारको कार्यरत रहेकै बेला मृत्यु भएमा १५ दिन भित्र स्वदेश ल्याउने व्यवस्था पनि गरिएको छ । त्यसैगरी कार्यस्थलमा हुने कामदारको दुर्घटना विमा र स्वास्थ्य विमा नेपाली कामदारको हकमा पनि लागू गर्ने व्यवस्था मलेसिया सरकारले गर्नेछ ।

समझदारी अनुसार नेपाली कामदारले आफ्नो भिसा आफैसँग राख्ने पाउनेछन । समझदारी कार्यान्वयनका लागि दुवै देशका सरकारी पदाधिकारी रहने गरी ‘संयुक्त कार्य समूह’ पनि गठन गरिएको छ । मलेसियाका मानव संशाधन मन्त्री कुला शेघरानले सो समझदारीले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले अन्तराष्ट्रिय श्रमिक संगठनको प्रावधान अनुसार आफ्नो सरकारले बाह्य मुलुकका कामदारलाई पनि आफ्नै देशको कामदार सरह व्यवहार गर्ने नीति अनुसार नेपालसँग पनि श्रम सम्बन्धि समझदारी गरेको पनि स्पष्ट पारे ।

मुख्य बुंदा

१. मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आउन जान लाग्ने हवाई टिककट, भिसा शुल्क, स्वास्थ्य परिक्षण र सुरक्षा जाँच लगायतका खर्चहरु सम्बन्धित रोजगाारदाताले नै व्यहोर्ने ।

२. विगतमा नेपाली कामदारलाई लाग्दै आएको लेभी अब नलाग्ने ।

३. करार अवधि ३ वर्ष रहदै आएकोमा अब २ वर्ष कायम हुने ।

४. कामदारको पारिश्रमिक प्रत्येक महिनाको ७ गते भित्र बैङ्क खातामा दाखिल हुने । अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक एवम् सेवा सुविधा प्राप्त हुने व्यवस्था ।

५. कामदारका लागि उचित कार्य वातावरण र वासस्थानको प्रबन्ध गर्नुपर्ने

६. नेपाली कामदार मलेसियाकको विमानस्थलमा पुगेको ६ घण्टा भित्र गन्तव्य स्थलमा लैजानु पर्ने । महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिँदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्ने ।

७. कामदार र रोजगारदाताबीच मुद्दा विचारणीय रहेसम्मको लागि मलेसिया बस्न पाउने ।

८. मलेसियामा कार्यरत नेपाली कामदारले आफ्नो परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान् वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढिमा १५ दिनका लागि स्वदेश आउन पाउने ।

९. दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कामदार सरह नै हुने । भविष्यमा मलेसिया सरकारले बीमा सम्बन्धी नयाँ योजना लागू गरेमा सो नेपाली काामदारलाई समेत लागू हुने ।

१०. वैदेशिक रोजगारिका क्रममा कामदारको अङ्गभङ्ग वा मृत्यु भएमा रोजगार दाताले नेपाली राजदूतावासलाई जानकारी गराउनु पर्ने ।

११. कामदारकको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने ।

१२. रोजगारदाताले कामदारलाई दुव्र्यवहार गरेमा वा कुुनै प्रकारको शारीरिक तथा मानसिक हिंसा गरेमा कामदारहरुले अर्को काम खोज्न पाउने ।

१३. सम्झौता अवधि समाप्त भएपछि कामदारले आफ्नो चाहाना अनुसार रोजगारदाता छनौट गर्न सक्ने ।

 

१४.करार अवधि पश्चात कामदारहरु नेपाल फर्कन पाउने र सो को लागि रोजगारदाताले हवाई टिकट उपलब्ध गराउन पर्ने ।

१५. नेपाली कामदारहरुले आफ्नो राहदानी आफैसंग राख्न पाउने ।

 

Logo