प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि  आज बिहान महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन् । "/>

पछिल्लो असपतालको पछिल्लो रिपोर्ट अनुसार प्रधानमन्त्री वलीको स्वास्थ्य अवस्थामा सुधार

पछिल्लो असपतालको पछिल्लो रिपोर्ट अनुसार प्रधानमन्त्री वलीको स्वास्थ्य अवस्थामा सुधार


प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि  आज बिहान महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे विज्ञप्ती जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीको छातीमा सङ्क्रमण देखिएको र चिनीको मात्रा असन्तुलित भएको जनाएको छ ।

शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएको छ । गत शुक्रबारदेखि अस्वस्थ्य भएका प्रधानमन्त्री ओलीलाई आज बिहान ०४ः३० बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा राखिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले उनाँकोे छातीमा भएको सङ्क्रमणमा क्रमिक सुधार आएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ । डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनी (सुगर) को मात्रा गए राति ३०० मिलिग्राम देखिएकामा अहिले क्रमशः सन्तुलित हुन थालेको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा सिंहलले ओलीलाई एमसिसियुमा राख्नुपर्ने अवस्था नरहे पनि भेटघाटका लागि आउने भीडका कारण थप सङ्क्रमण हुन सक्ने भएकाले उक्त कक्षमा आराम गराई उपचार गराइएको जानकारी दिए । सिंहले दशैमा टीकाटालो र कार्यक्रहरुमा सहभागि हुनुपर्ने धपेडीले संक्रमण भएको बताए । 

दशैँमा गृहजिल्ला झापा पुगी फर्किएर काठमाडौँ टीकाटालो गर्नुका साथै कार्यकर्ता र सर्वसाधारणलाई दैनिक टीका लगाई दिएका थिए । त्यहीबीचमा नेकपा सचिवालयको बैठकमा सहभागी भएका थिए । अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले यही कात्तिक १० गते आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भएका थिए । चिकित्सकले आराम गर्न सुझाव दिए पनि आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओली सहभागि भएका थिए । पछिल्लो असपतालको पछिल्लो रिपोर्ट अनुसार प्रधानमन्त्री वलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । 

Logo