File Photo

काठमाडौं । "/>

प्रधानमन्त्रीको छातीमा संक्रमण- अस्पताल (अपडेट) (भिडियोसहित)

प्रधानमन्त्रीको छातीमा संक्रमण- अस्पताल (अपडेट) (भिडियोसहित)


                                                                     File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जानकारी दिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले सोमबार बिहान एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको छातीमा संक्रमण र चिनीको मात्रा असन्तुलित रहेको जनाएका छन् ।

अस्पतालले बिहान साढे ४ बजे महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र अन्य स्वास्थ्य सामान्य रहेको पनि विज्ञप्तीमा जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्। अहिले अस्पताल परिसरमा नेकपा नेता/कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ।

नेकपा महासचिव बिष्णु पौडेल  र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्रीलाई भेटेर फर्किसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री रामबहादुर थापा अहिले अस्पताल परिसरमै छन्।

प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना डाक्टर संलग्न
यस्तै प्रधानमन्त्रीको उपचारमा पाँच जना चिकित्सकको टोली खटिएको छ । उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र एनेस्थेसियाका डा. सुवास आचार्य संलग्न रहेका हुन् ।

निजी चिकित्सक डा. दिव्या हिजोसम्म विदेशमा रहे पनि आज स्वदेश फर्केर उपचारमा संलग्न भइसकेकी छिन् । प्रधानमन्त्रीको सिसियुमा राखिएर उपचार भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।

चिकित्सकको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारमा उपचार सम्भव नभएको हो। भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्।

अस्पताल बाहिर भिडः
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लगायत नेकपा शीर्ष नेताहरु अस्पताल पुगेका छन् । उनीहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको टिचिङ हस्पिटलले जनाएको छ ।

त्यस्तै प्रधानमन्त्रीलाई भेट्न वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल लगायतका नेताहरु पनि अस्पताल पुगेका थिए । अस्पताल परिसरमा अहिले नेपाल सरकारका मन्त्री र शुभचिन्तकहरुको उपस्थिति रहेको छ।

Logo