काठमाडौँ

मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ । "/>

विकास खर्च विगतमा जस्तै निराशा जनक : १० वटा मन्त्रालयको खर्च १० प्रतिशत मात्र

विकास खर्च विगतमा जस्तै निराशा जनक : १० वटा मन्त्रालयको खर्च १० प्रतिशत मात्र


काठमाडौँ

मुलुकको आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाएको सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्म विकास खर्च त्यस अनुसार गर्न नसकेको पाइएको छ । पहिलो तीन महिना सकिँदा सरकारले गरेको विकास खर्च विगतमा जस्तै निराशाजनक छ ।

सरकारी आय–व्ययको तथ्यांक राख्ने आधिकारिक निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार विकास बजेट धेरै खर्च गर्ने मुख्य १० वटा मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरेको खर्च निकै न्यून रहेको छ । चालु बजेटमा ती मन्त्रालयलाई विनियोजन गरिएको कुल बजेट मध्ये तीन महिनामा करिब १० प्रतिशत मात्र खर्च भएको छ । यसमा पनि अधिकांश खर्च साधारणतर्फकै रहेको छ ।

चालु बजेटमा भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संघीय मामिला तथा स्थानीय विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ लगायत १० वटा मन्त्रालयका लागि विनियोजित बजेट चार खर्ब २६ अर्ब रुपैयाँ छ । असोज मसान्तसम्म उक्त बजेट मध्ये ४३ अर्ब ३० करोड रुपैयाँ मात्र खर्च भएको महालेखाको तथ्यांक छ । यसमा पुँजीगत खर्चको अंश १६ अर्ब २० करोड रुपैयाँ मात्र रहेको छ । यो १० वटा मन्त्रालयले तीन महिनामा गरेको कुल खर्चको ३७.६१ प्रतिशत हो ।

सबैभन्दा बढी विकास बजेट खर्च हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज मसान्त सम्म कुल बजेटको १२.३० प्रतिशत मात्र खर्च गरेको छ । अन्य मन्त्रालयको तुलनामा धेरै रकम खर्च गरेको देखिए पनि उक्त मन्त्रालय अन्तर्गतलाई विनियोजन गरिएको कुल बजेटको तुलनामा यो खर्च निकै न्यून हो । यस मन्त्रालय अन्तर्गत चालु बजेटमा एक खर्ब नौ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । मन्त्रालयले तीन महिनामा १३ अर्ब ४५ करोड रुपैयाँ मात्र खर्च गरेको छ । उक्त खर्च मध्ये पुँजीगततर्फ १० अर्ब २६ करोड रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ ।
नागरिकबाट

Logo