एजेन्सी । विभिन्न कारणले चर्चामा आई राख्ने बलिउड अभिनेत्री राखी सावन्तले सबैलाई अचम्मित पार्ने अभिव्यक्ति दिएकी छन् । "/>

राखी सावन्त भन्छिन्, ‘अब म शारीरिक सम्बन्ध राख्दिन्, मेरो शरिर मन्दिर हो’

राखी सावन्त भन्छिन्, ‘अब म शारीरिक सम्बन्ध राख्दिन्, मेरो शरिर मन्दिर हो’


एजेन्सी । विभिन्न कारणले चर्चामा आई राख्ने बलिउड अभिनेत्री राखी सावन्तले सबैलाई अचम्मित पार्ने अभिव्यक्ति दिएकी छन् । हरेक कुराबाट चर्चामा आईरहने राखीले हालै दिएका एक अभिव्यक्तिले उनी फेरि भाइरल बनेकी हुन् ।

अहिले राखीले आफुलाई भगवान नै ठानेकी छन् । राखी सावन्तको एक भिडियो जारी गरिएको छ । उक्त भिडियोमा राखीले भनेकी छन्, ‘अब मैले आफुलाई बदलिसके । भगवानमा समर्पित भईसकेकी छु ।’

अब कसैसँग पनि शारीरिक सम्बन्ध नराख्ने घोषणा गरेकी छन् । उनले भनिन्, ‘म अब प्रभुमा लिन भईसकेकी छु । म अब शारीरिक सम्बन्ध पनि राख्न सकिन्दन । अब सिधै विवाह गर्छु । मेरो शरीर मन्दिर समान हुनेछ । त्यसैले मैले मेरो शरीरलाई सफा राख्नुपर्छ । मेरोभित्र भगवानको बास छ ।’

 

Logo