प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेपछि आज प्रधानमन्त्री निवास बालुवाटारमै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आज दिउँसो ३ बजे बालुवाटारमाइ मन्त्रिपरिषद् बैठक बस्न लागिएको जानकारी दिए । "/>

मन्त्रीपरिषद बैठक बालुवाटारमै, नेकपाको बैठक स्थगित

मन्त्रीपरिषद बैठक बालुवाटारमै, नेकपाको बैठक स्थगित


प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेपछि आज प्रधानमन्त्री निवास बालुवाटारमै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आज दिउँसो ३ बजे बालुवाटारमाइ मन्त्रिपरिषद् बैठक बस्न लागिएको जानकारी दिए । शुक्रबार तय भएको बैठक अन्तिम समयमा स्थगित गरि आजलाई सारिएको थियो ।

यदपि रूघाखोकीसँगै ज्वरोले बिरामी परेपछि चिकित्सकले प्रधानमन्त्री ओलीलाई तीन दिन आराम गर्न सल्लाह दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दिलीप शर्माले रूघाखोकीसँगै ज्वरो आएकाले तीन दिन वेड रेष्ट गर्न सुझाव दिएका हुन ।

प्रधानमन्त्रीलाई आइसियूमा राख्ने तयारी भन्दै हल्ला फैलिरहेका बेला डा. शर्माले त्यस्तो सुझाव आफुहरुले नदिएको बताए । प्रधानमन्त्रीको छातीमा संक्रमण नदेखिए र किड्नी पनि राम्रो रहेको उनले बताए । सामान्य रुघाखोकीसँगै ज्वरो आएकाले तीन दिनसम्म आराम गर्न मात्र सुझाव दिएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीको एघार वर्षअघि २०७४ मा किड्नी प्रत्यारोपण गरेका थिए । मिर्गौला प्रत्यारोपणपछि उनको स्वास्थ्य जाँच शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ चिकित्सक प्रा‍.डा. दिव्या सिंहले गर्दै आइरहेकी छन्।

यसअघि  स्वास्थ्यमा समस्या देखिएपछि ओली शनिबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत गएका थिएनन् । 

नेकपाको स्थायी कमिटी बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। कात्तिक १२ र १३ गतेका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको हो।

धानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थायी कमिटी बैठक सरेको हो।

Logo