तपाई घरबाट धेरै टाढा हुनुहुन्छ तर घरको इलेक्ट्रिक डिभाइस बन्द गर्न बिर्सनुभयो। अब के गर्नु हुन्छ ? यस्तै समस्या समाधानका लागि बजारमा एउटा स्मार्ट डिभाइस आएको छ। "/>

स्मार्ट चश्मा: म्यासेज पढेर सुनाउनेदेखि भ्वाईस कमाण्डसम्म

स्मार्ट चश्मा: म्यासेज पढेर सुनाउनेदेखि भ्वाईस कमाण्डसम्म


तपाई घरबाट धेरै टाढा हुनुहुन्छ तर घरको इलेक्ट्रिक डिभाइस बन्द गर्न बिर्सनुभयो। अब के गर्नु हुन्छ ? यस्तै समस्या समाधानका लागि बजारमा एउटा स्मार्ट डिभाइस आएको छ। ति हुन् स्मार्ट चश्मा । 

अब तपाईले आफ्नो चश्मालाई कमान्ड दिएर त्यो डिभाइस बन्द गर्न सक्नु हुनेछ । क्यानाडाको स्टार्टअप कम्पनीले यस्तो स्मार्ट चश्मा बनाएको छ जसले रोजगारीमा व्यस्त जीवनलाई सजिलो बनाउनेछ । मोबाइलमा आउने सबै सतर्कताहरु यसमा उपलब्ध हुनेछ।

१. फोकल्स स्मार्ट चश्मामा एउटा सानो प्रोजेक्ट लगाइएकोे छ ।  चश्मा लगाउनेको अनुहारको हिसाबमा यसको कस्टमाइज गर्न सकिनेछ । सबैभन्दा महत्वपूर्ण विशेषता यो प्रयोगकर्ताको होम स्पिकरसँग जोडिएको छ ।

२. यसले चश्मामार्फत भ्वाइस कमान्ड दिन सक्छ । यसले मोबाइलको म्यासेज पढ्ेर सुनाउँछ । यसबाहेक मौसमको अपडेट पनि जारी राख्छ । यदि केही कार्य तय गरिएको छ भने यसले अलर्ट पनि गर्दछ । अर्थात मोबाईलमा आउने सबै अलर्टहरु यस स्मार्ट चश्मामा उपलब्ध छन् । स्मार्ट होमको कन्ट्रोल पनि गर्न सकिनेछ

 ३. कम्पनीले यो एलेक्सा (अमेजनको स्पिकर) लाई लिङ्क गरेर डेमो दिएको हो । डिजिटल सहायकसँग जोड्े पछि यसले धेरै भ्वाइस कमान्ड दिन सक्छ । जस्तै संगीत बजाउँन, समाचार सुन्न, मौसमको बारेमा जानकारी लिन वा स्मार्ट होमको नियन्त्रण गर्न यो स्मार्ट चश्माबाट गर्न सकिन्छ ।

४. फोकल्स स्मार्ट चश्माले सिंगल चार्जिङ पछि १८ घण्टा लगातार काम गर्छ । यसको स्मार्ट डिस्प्ले समय समयमा प्रयोग गर्ने गरि डिजाइन गरिएको छ । वर्षको अन्त्यमा चश्मा क्यानडा र अमेरिकामा भेटिनेछ

५. फोकल्स स्मार्ट चश्मालाई पानी र सूर्यको प्रकाशले असर गर्दैन । पहिलो नजरमा यो देखेर लाग्ने छैन कि यो भविष्यको टेक्नोलोजीसँग सञ्जित छ । यसलाई अनुकूल गराउन प्रयोगकर्ताले अनुहारको मापन दिनुपर्ने हुन्छ ।

६. यसको स्टोरमा अनुहारको डिजिटल स्क्यानिङ हुन्छ । यस आधारमा, यो स्मार्ट चश्मा बनाइन्छ । कम्पनीले अमेरिका र क्यानडामा यसको प्रि अर्डरको लागि बुकिङ सुरु गरेको छ । यसको प्रारम्भिक मूल्य ७५ हजार रुपैयाँ रहेको छ ।

Skip This
Logo