आँखुखोलाको आइपिओ सबैले पाए तर कसले कति पाए ?

आँखुखोलाको आइपिओ सबैले पाए तर कसले कति पाए ?


आँखुखोला जलविद्युत कम्पनीको आईपिओ सबै आवेदकले पाएका छन् । बिक्रि प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आइतबार भएको शेयर बाँडफाँड अनुसार ३५ हजार ९ सय १६ आवेदकले १० कित्ता र ४७ हजार ४ सय आवेदकले २० कित्ता शेयर पाएका छन। ६१ जना अयोग्य आवेदक बाहेक ८३ हजार ३ सय १६ जनाले हाइड्रोको सेयर पाएका छन।    

कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको थियो । कुल सेयर मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने सर्वसाधारणलाई बाँकी १२ लाख ७९ हजार ६९९ कित्ता छुट्याइएको थियो।  

आईपिओमा ५ कर्मचारीले मात्र आवेदन दिएकोले बाँकी शेयर समेत सर्बसाधारणलाई वितरण गर्न लागिएको क्यापिटलले जनाएको छ। हाल कम्पनीको चुक्ता पुंजी ६० करोड रहेकोमा आईपिओ पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैंया पुग्नेछ । 

Logo