नेपाल यू–१५ साफ च्याम्पियनसिपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेसँगै नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । "/>

समूहको एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश (भिडियोसहित)

समूहको एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश (भिडियोसहित)


नेपाल यू–१५ साफ च्याम्पियनसिपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेसँगै नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

यो समूहमा नेपाल, बंगलादेश र माल्दिभ्स छन् । माल्दिभ्सले दुवै खेलमा पराजय ब्यहोरेपछि नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेल नेपालले बंगलादेशबिरुद्ध खेल्दैछ । त्यही खेलले समूह विजेताको टुंगो लगाउनेछ ।

नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले हराएको थियो । शनिबार सातदोवाटो मैदानमा माल्दिभ्सलाई बंगलादेशले ९–० गोलले हराउँदा उसका निहत जमानले ह्याट्रिकसहित ४ गोल गर्दा रसेल अहमद र आसिकुर रहमानले २–२ गोल गरे ।

त्यस्तै एक गोल कप्तान मोहम्मद मेहेदी हसनले गरे । पहिलो हाफमा चार गोल गर्दा जमानले ह्याट्रिक गरेका थिए । बंगलादेशले दोस्रो हाफमा पाँच गोल गरेको थियो ।

Logo