काभ्रेमा आज २४ संक्रमित थपिए, ५९ जना निको भए

काभ्रेमा आज २४ संक्रमित थपिए, ५९ जना निको भए


काभ्रे।

काभ्रे जिल्लामा आज २४ जना संक्रमित थपिएका छन् । आज ५९ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार बुधबार संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ८०७ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ६ बनेपाका ८, पनौती नगरपालिकाका ४, पाँचखालका ४ , नमोबुद्धका १ र मण्डनदेउपुरका १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २८ सय ७ पुगेको छ । जसमा महिला १ हजार ११४ जना र पुरुष १६ सय ९३ जना रहेका छन् । निको हुनेको संख्या २४ सय ३१ रहेको छ । जसमा महिला ९ सय ४२ जना र पुरुष १४ सय ८९ जना रहेका छन् ।

काभ्रेमा सक्रिय संक्रमित संख्या ३ सय ४० जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

Logo