अर्घाखाँची । पूर्व राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै अर्घाखाँचीकी एक महिलाले पूजाको तयारी गरेकी छन् । सन्धिखर्क नगरपालिका १२ लहरेबाँध निवासी ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले पूजा गर्न भनेकाले पूजा गर्ने उनले बताईन । "/>

पूर्व राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै एक महिला नारायणहिटीमा पूजा गर्दै

पूर्व राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै एक महिला नारायणहिटीमा पूजा गर्दै


अर्घाखाँची । पूर्व राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै अर्घाखाँचीकी एक महिलाले पूजाको तयारी गरेकी छन् । सन्धिखर्क नगरपालिका १२ लहरेबाँध निवासी ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले पूजा गर्न भनेकाले पूजा गर्ने उनले बताईन ।

पूजाको लागि रेखी, प्रसाद, जौ, तिल, कुस, टपरी, कपडा, दियो, कलश, बत्ती, चकटी, चामल, महाप्रसाद, घिउ, तेल, हवन सामग्री सबै तयार पारेकी छन् । स्वर्गीय राजा वीरेन्द्रको जहाँ हत्या भएको थियो, त्यही ठाउँमा गएर पूजा लगाउनुपर्ने भएकाले यसमा सरकारले सहयोग गर्नुपर्ने उनले बताईन ।

उनले एक वर्ष लगाएर पूजाको सामग्री तयार पारेको जनाएकी छन् । सपनामा राजा वीरेन्द्रले नै सामग्री तयार पार्दा कसैलाई नभन्नु भनेको आफुले अहिललेसम्म कसैलाई नभनेको बताएकी छन् ।

सूर्य भगवानले भनेअनुसार सात हातको २१ सय २१ सराको बत्ती बनाएको र त्यो बत्ती कात्तिक औंसीमा बाल्न सकेमा राम्रो हुने देवताले बताएको उनको तर्क छ । स्वर्गीय राजा त्रिभुवनले सपनामा झाँक्रीलाई पाठो, देवीलाई फरहरा, राजगद्धीको सत्यता हरायो, भत्कियो धरहरा भनेर गीत समेत गाउने गरेको श्रेष्ठले बताईन ।

 

Logo