काठमाडौँ

क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनै पिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोष मनपरी चलेको पाइएको छ । "/>

कोषाध्यक्षको प्रतिवादबीच कांग्रेस कोषबाट रकम निकासा

कोषाध्यक्षको प्रतिवादबीच कांग्रेस कोषबाट रकम निकासा


काठमाडौँ

क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसदबाट महिनै पिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोष मनपरी चलेको पाइएको छ । महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ ।

कांग्रेसको नियमावलीमा पार्टी कोष सञ्चालन कोषाध्यक्षले समिति बनाएर गर्ने भन्ने छ । सचिवालयका अनुसार खाता सञ्चालनका लागि कोषाध्यक्ष सहित महामन्त्री डा शशांक कोइराला, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर चल्छ ।

दसैँ अघि विभिन्न बैंकमा रहेको रकम मध्येबाट फिक्स्ड डिपोजिटबाट ५० लाख भन्दा बढी रकम निकालिएको छ । सुरुमा ४२ लाख रुपैयाँ खर्च देखाउँदै हस्ताक्षर गर्न कोषाध्यक्ष यादवलाई सचिवालयका कर्मचारीले आग्रह गरेका थिए ।

यादवले पहिले पनि पेस्की लिएर गरिएका खर्चको हिसाब अपारदर्शी भएको भन्दै पुराना खर्चको विवरण मागेकी थिइन् । सचिवालयका कर्मचारीले कोषाध्यक्षलाई विवरण देखाउनुको सट्टा महामन्त्री शशांक कोइराला मार्फत यादवलाई मनाउन खोजे ।

महामन्त्री कोइरालाले कोषाध्यक्षलाई आफ्नै निवासमा बोलाएर चेकमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । त्यहीवेला चेकबुक बोकेर लेखा प्रमुख रविन बज्राचार्य पनि कोइरालाको निवास पुगेका थिए ।

तर यादवले गत निर्वाचनमा खर्च भएको मध्ये डेढ करोडको प्रस्ट विवरण ल्याए मात्र हस्ताक्षर गर्ने अडान लिइन् । ‘आवश्यक पर्दा म हस्ताक्षर गर्छु, तर कहाँ के कामका लागि खर्च गर्ने हो, यसअघि के–केमा खर्च भएको छ, पार्टी कार्यालयमा बुझेर मात्र हस्ताक्षर गर्छु,’ स्रोतका अनुसार यादवले महामन्त्रीलाई भनिन् ।

५० लाख रुपैयाँ ६, ७ महिनामा भएको खर्च हो । गएको निर्वाचनमा उदयपुरमा बम प्रहारबाट घाइते भएका नारायण कार्कीलाई ११ लाख, ६ महिनामा प्रेसमा खर्च भएको ८/१० लाख, तलबभत्ता सहितका खर्चमा यति रकम निकालिएको हो ।

यसमा कोषाध्यक्षको असहमति भन्ने कुरा विल्कुल गलत हो । सिरहामा हुनु भएको कोषाध्यक्षसँग शुक्रबार मात्रै मेरो एकघण्टा कुराकानी भएको छ । यस अघि सधैं कोषाध्यक्षले हस्ताक्षर गर्नुहुन्थ्यो । तर यो पटक सिरहामा भएर हस्ताक्षर नगर्नु भएको हो । यस्तो काम गर्दा मैंले जहिले पनि सोधेरै गर्दै आएको छु । फेरि पनि कांग्रेसका चियापानको लागि ८ देखि १० लाख र महासमिति बैठकको लागि २ करोड खर्च हुने बेला आएको छ ।
नयाँ पत्रिकाबाट

 

Logo