सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशीका लागि भिसा सम्बन्धि निती खुकुलो बनाउने

सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशीका लागि भिसा सम्बन्धि निती खुकुलो बनाउने


काठमाडौं ।
सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसा सम्बन्धि केही खुकुलो बनाउने भएको छ ।

भिसा प्रक्रियामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो बनाउने भएको हो । विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरण सम्बन्धि काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए । आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न पर्यटन क्षेत्रले ठूलो सहयोग रहने भएकाले बढी भन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने उनले बताए।

अध्यागमन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ । अध्यागमन सम्बन्धि विद्यमान कानून परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानून संशोधन र एकीकरण गर्न विधेयक ल्याएको हो ।

नेपालमा विदेशीको आगमन, उपस्थिती र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ । विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्नेछ ।

Logo