सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कुटपिट भएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचार समितिको नामबाट चियापान बहिस्कारको पर्चा छरिएपछि नेकपाका कार्यकर्ताले असन्तुष्ट कार्यकर्तालाई कुटपिट  गरेका हुन् । "/>

नेकपाको चियापानमा कुटपिट, असन्तुष्ट समुह सार्वजनिक

नेकपाको चियापानमा कुटपिट, असन्तुष्ट समुह सार्वजनिक


सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा कुटपिट भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असन्तुष्ट समूह केन्द्रीय प्रचार समितिको नामबाट चियापान बहिस्कारको पर्चा छरिएपछि नेकपाका कार्यकर्ताले असन्तुष्ट कार्यकर्तालाई कुटपिट  गरेका हुन् ।  

कार्यक्रम स्थलमै ‘कथित चियापान बहिस्कार गरौं’ लेखिएको पर्चा छरेका थिए । पर्चा छरेको देखेपछि नेकपाकै कार्यकर्ताले प्रहरीलाई अनुरोध गरी बाहिर निकाल्न भने । तर, प्रहरीले त्यसलाई ठूलो विषय ठानेन । 

अपिलमा ५ बुँदे माग छन । एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५०–५० अथवा समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न अपिलमा भनिएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार मात्रै निर्वाचन आयोगबाट आधिकारिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम पाएको थियो ।

Logo