काठमाडौं उपत्यकामा आज ८३५ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ८३५ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ८३५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६२५, भक्तपुरमा ८७ र ललितपुरमा ११३ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८५ हजार १४२ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ६७५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ६९० जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ५ हजार ५१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ । आज १ हजार ९४८ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । आज मात्र २८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार १४० छ ।

आजको पिसिआर परीक्षण ९ हजार २१० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ९० हजार ५०९ रहेको छ । आज १६ हजार ६३९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Logo