नेकपाको चियापानमा ५० हजार मध्येका एक बाबुराम भट्टराई नजाने

नेकपाको चियापानमा ५० हजार मध्येका एक बाबुराम भट्टराई नजाने


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज चियापान कार्यक्रम आयोजना गरेको छ । पार्टीले ५० हजार जनालाई कार्यक्रममा सहभागी हुन् निम्तो पठाएको  भए  ता पनि ति मध्येका एक जना नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई भने कार्यक्रममा सहभागी नहुने भएका छन्  ।

नेता भट्टराईले सामाजिक संजाल ट्वीटरमार्फत् आफु कार्यक्रममा सहभागी नहुने बताएका हुन् । ‘सत्तासीन कमरेडहरू, एउटै खाममा ४ वटा शुभकामना र निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद ! तपाईंहरू सबैको भलो होस्, हाम्रो पनि शुभकामना ! गरीब देशको सर्वहारावर्गको दुहाइ दिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेको भए राम्रो हुन्थ्यो कि ? त्यसैले म आउन सकिनँ ! जय होस् ।’ नेता भट्टराईले लेखेका छन् ।

Logo