पीपीएल टी-२०: चितवन राइनोजलाई १३६ रनको चुनौती

पीपीएल टी-२०: चितवन राइनोजलाई १३६ रनको चुनौती


पोखरामा जारी पोखरा प्रीमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको बुटवलले चितवनलाई १३६ रनको लक्ष्य दिएको छ ।

बुटवलले ६ विकेटको क्षतिमा १३५ रन जोडेको हो । बुटवलको लागि शंकर राणाले सर्बाधिक ४८ रन बनाए भने सागर पुनले ४६ रन जोडे । त्यस्तै सिद्दान्त लोहनी १७ रनमा नट आउट रहंदा चिराग सुरी १, रोहण मुस्ताफा ०, भुवन सार्की २ तथा सोमपाल कामी ७ रनमा आउट भए । बलिंग तर्फ करन केसीले २ तथा राम नरेश गिरि र शक्ति गौचनले समान १-१ विकेट लिए ।

यो खेललाई नेपाल राष्ट्रिय टिमका कप्तान पारस खड्का र अलराउण्डर सोमपाल कामीबीचको भिडन्तका रुपमा पनि लिइएको छ । चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने बुटवल पनि ओपनर बलर तथा अलराउण्डर सोमपाल कामीको कप्तानीमा रहेको छ । आजै काठमाडौँ रोएल्स र धनगढी ब्लुजबीच खेल हुनेछ

हिजोदेखि शुरु भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

६ टिम सहभागी खेलको विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Logo