पीपीएल टी-२०: पारस खड्का vs सोमपाल कामी

पीपीएल टी-२०: पारस खड्का vs सोमपाल कामी


पोखरा प्रीमियर लिग अन्तर्गत आज दोश्रो दिनको पहिलो खेल अन्तर्गत चितवन राइनोज र बुटवल ब्लास्टर्स बिच भईरहेको छ ।  खेलमा बुटवलले टस हारेर ब्याटिंग गरिरहेको छ । 

यो खेललाई नेपाल राष्ट्रिय टिमका कप्तान पारस खड्का र अलराउण्डर सोमपाल कामीबीचको भिडन्तका रुपमा पनि लिइएको छ । चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने बुटवल पनि ओपनर बलर तथा अलराउण्डर सोमपाल कामीको कप्तानीमा रहेको छ । आजै काठमाडौँ रोएल्स र धनगढी ब्लुजबीच खेल हुनेछ

हिजोदेखि शुरु भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो ।

६ टिम सहभागी खेलको विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Skip This
Logo