भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सिताराम यचुरीले कम्युनिष्ट नेतृत्वको नेपाल सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । "/>

कम्युनिष्ट नेतृत्वको नेपाल सरकारलाई सक्दो सहयोग गर्ने

कम्युनिष्ट नेतृत्वको नेपाल सरकारलाई सक्दो सहयोग गर्ने


भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सिताराम यचुरीले कम्युनिष्ट नेतृत्वको नेपाल सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पुष्पलाल फाउन्डेशनले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘भारतीय कम्युनिष्ट पार्टीको अनुभव’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले कम्युनिष्ट पार्टीलाई बलियो बनाउन जनतासँगको सम्बन्धलाई बलियो बनाउन पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको नेपाल सरकारलाई सुझाव दिए । महासचिव यचुरीले गल्ती नदोहो¥याउँदै जनताको सेवामा लागि पर्ने कुरानै भारतीय कम्युनिष्ट पार्टीको अनुभव रहेको पनि उल्लेख गरे ।
महासचिव यचुरीले कम्युनिष्ट पार्टीहरुले गल्ती दोहो¥याउन भने नहुने पनि स्मरण गराए । पुष्पलाल फाउन्डेशनले भारतीय कम्युनिष्ट पार्टीको अनुभव आदानप्रदानका लागि महासचिव यचुरीलाई गोष्ठीमा प्रमुख वक्ताको रुपमा सहभागी गराएको हो । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय कम्युनिष्ट पार्टीको अनुभव नेपालको विकासका लागि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

 

 

Logo