काठमाडौं । गृह मन्त्रालयले एसपी डिल्लीराज बिष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएपछि निर्मला पन्तका बाबुले आफ्नो धारणा सार्वजनिक गरेका छन् । "/>

निर्मला पन्तका बाबु भन्छन्, ‘अहिले सरकारले हाम्रो आँखामा धुलो हाल्ने काम गर्‍यो’

निर्मला पन्तका बाबु भन्छन्, ‘अहिले सरकारले हाम्रो आँखामा धुलो हाल्ने काम गर्‍यो’


काठमाडौं । गृह मन्त्रालयले एसपी डिल्लीराज बिष्ट र इन्सपेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएपछि निर्मला पन्तका बाबुले आफ्नो धारणा सार्वजनिक गरेका छन् । निर्मला बाबु यज्ञराज पन्तले आफुहरुको माग एसपी र प्रहरी इन्सपेक्टर भट्टलाई हटाउनुपर्ने नभएको बताए ।

उनले भने, ‘हाम्रो माग कसैलाई बर्खास्त गर्नुपर्छ भन्ने होईन् । केबल छोरीको हत्यारालाई पक्राउ गरी कारवाही गर्नुपर्छ भन्ने मात्र हो । हामी कसैको पक्ष र विपक्षमा बोल्दैनौं । हामीलाई न्याय चाहिन्छ ।’

हत्याराको पहिचान गरेर कारवाही हुनुपर्ने उनको धारणा छ । ‘वास्तविक हत्यारा को हो ? उसलाई कारबाही गर्नुपर्छ । कानुनी दायरामा त्यसलाई ल्याउनु पर्यो । त्यहि हो हाम्रो माग यहाँ सरकारले हाम्रो आँखामा धुलो हाल्ने काम गरिरहेको छ’ उनले भने ।

घटना घटेको तीन महिना वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकेको अवस्थामा आफुहरुको आँखामा छारो हाल्ने काम भईरहेको उनको भनाई छ । ‘अझै पनि हत्यारा पता लाग्न सकेको छैन् । त्यो बर्खास्त गरेको जस्तो गरेर मात्र केहि हुने वाला छैन् । अब बास्तविक हत्यारा को हो खोज्दै खोज्दैनन् भने हत्यारा कसरी फेला पर्छ त ?’ उनले प्रश्न गरे ।

उनीहरु बर्खास्त परेपछि उनीहरुले घटनाबारे सत्यतथ्य बोल्नुपर्ने उनको धारणा छ । ‘बर्खास्त मात्र गरेर न्याय कसरी पाउँला ? यो घटना घटेको तीन महिना सम्म भईसक्दा पनि अझैं केहि पता लगाउन सकेको छैन् । दुई जनालाई बर्खास्त गरे पछि की त मुख खोल्नु पर्यो हामीले यस्तो यस्तो गरेका थियौं भनेर नत्र त कसरी पता लाग्ला खोई ?’ निराश हुँदै प्रतिपश्न गरे ।

तीन महिनादेखि छोरीको न्यायको लागि आफुहरु तड्पिरहेको भन्दै उनले भने, ‘हाम्रो सुरु देखि एउटै मात्र माग छ कि हामीलाई न्याय चाहियो । हामी न्यायको भिग माग्दै छौं । तीन महिना भईसक्यो हामी यस्तो पिडामा बसेको । हामी मेहेनत गरेर खाने मान्छे । ठेलामा पानी पुरी चटपटे बचेर खाने मान्छे कारोबार छप्प छ तीन महिना देखि छोरीको शोकमा डुबेका छौं । धेरै लेखे पढेका पनि छैनै । नियमको बारेमा त्यति थाहा पनि छैन् । यति मात्र थाहा छ कि जसरी भए पनि वास्तविक हत्यारालाई समातेर कारबाही गरेको देख्नुपर्यो । त्यो हत्यारालाई आजीवन सजायको भागेदार बनाउनु पर्छ ।’

जानी जानी प्रमाण नष्ट गर्ने प्रहरीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै उनी भन्छन्, ‘जसरी प्रहरीले जानी जानी सबै प्रमाण नष्ट गरेको छ नि एउटा निर्दोष व्यतिलार्ई दोषी ठहराएर रात दिन कुटपिट गरेर यातना दिएको थियो त्यसको बदलामा त्यो प्रहरीहरुलाई कारबाही पनि हुनुपर्यो र हत्यारालाई पनि सार्वजनिक गर्नुपर्यो ।’

 

 

 

Skip This
Logo