बीमा समितिमा राेजगारीकाे अवसर

बीमा समितिमा राेजगारीकाे अवसर


बीमा समितिले सहायक प्रथमदेखि निर्देशक पदको लागि आबेदन खुला गरेको छ । 

समितिले निर्देशक, उप निर्देशक र सहायक निर्देशक आन्तरिक प्रतियोगिता मार्फत छनौट गर्ने गरी १६ जना कमृचारी माग गरेकाे हाे ।  उप निर्देशक पदमा कानून अधिकृत १ जना,  प्रसाशन तर्फ सहायक निर्देशक पदमा  खुला २ जना, महिला, मधेसी र दलित १ जनाको लागि विज्ञापन गरेको छ । खुला र महिला  १/१ जना चार्टर एकाउन्टेन्ट पदमा लेखा अधिकृत माग गरेको छ । 

त्यस्तै गरि कानून तर्फ सहायक निर्देशक पदको लागि खुला महिला र दलित १ जनाको विज्ञापन गरेको छ । जसका लागि कानून विषयामा कम्तिमा स्नाकोत्तर तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । सहायक प्रथाम तर्फ खुला र दलितको लागि १ /१ जनाको विज्ञापन गरेको छ । जसमा आवेदन दिनको लागी कुनै पनि विषयमा कम्तिमा स्नातक उपाधि पाएको हुनुपर्ने समितिले जनाएको छ । 

यी पदहरुमा आवेदन दिनका लागि मङ्सिर ८ गतेसम्म म्याद तोकिएको छ भने दोब्बर दस्तुर तिरेर मङ्सिर १५ सम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।

Logo