काठमाडौँ

काठमाडौं उपत्यकाका तीन जिल्लाका स्थानीय तहहरूले फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने फोहोर विसर्जनस्थल (ल्यान्डफिल साइट ) संघीय सरकारले नै निर्माण गर्नुपर्ने माग गरेका छन् । "/>

उपत्यकाका १८ स्थानीयतहलाई फोहोर व्यवस्थापन नै मुख्य समस्या

उपत्यकाका १८ स्थानीयतहलाई फोहोर व्यवस्थापन नै मुख्य समस्या


काठमाडौँ

काठमाडौं उपत्यकाका तीन जिल्लाका स्थानीय तहहरूले फोहोर व्यवस्थापनका लागि आवश्यक पर्ने फोहोर विसर्जनस्थल (ल्यान्डफिल साइट ) संघीय सरकारले नै निर्माण गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका सबै स्थानीय तहका प्रमुखहरूसँग बिहीबार भएको छलफलमा उनीहरूले फोहोर व्यवस्थापन उपत्यकाको ठूलो समस्याका रूपमा रहेको बताए ।

स्थानीय तह फोहोर व्यवस्थापन गर्न मात्रै केन्द्रित हुनु परेकाले ल्याण्डफिल साइट निर्माण गर्ने काम संघीय सरकारले नै गर्नुपर्ने भन्दै उनीहरूले माग गरेका हुन् ।

दुई महानगर सहित सबै नगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापन गर्ने स्थानको पहिचान देखि त्यसको प्रबन्ध मिलाउने काममा संघीय सरकारको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेका हुन् । उनीहरूले स्थानीय तहले केही काम गरेन भन्दै आरोप मात्रै लाग्ने गरेकोमा फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग गरे सहजै काम गर्ने वातावरण हुने निष्कर्ष समेत निकालेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्यान्डफिल साइट निर्माण गर्ने जिम्मा आफूहरूको नभएको बताउँदै संघीय सरकारले व्यवस्थापन गर्नुपर्ने उल्लेख गरे । संघीय सरकारले ल्यान्डफिल साइट निर्माण गरेकोे अवस्थामा स्थानीय तहबाट संकलित फोहोरको व्यवस्थापन सहज हुनेमा उनीहरूको विशेष जोड थियो ।

दुई वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भन्दै १३ वर्षदेखि नुवाकोटको सिसडोलमा फोहोर राखिँदै आएको छ । उपत्यकाका १८ स्थानीय तहको फोहोर उक्त स्थानमा व्यवस्थापन हुने गर्छ ।
राजधानीबाट

Logo