भक्तपुर । गत असारमा लिईएको अस्थायी शिक्षकको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको छ । शिक्षक सेवा आयोगले अब एक साताभित्रै अस्थायी शिक्षक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो । "/>

अस्थायी शिक्षकको नतिजा एक साताभित्रै प्रकाशन गरिने

अस्थायी शिक्षकको नतिजा एक साताभित्रै प्रकाशन गरिने


भक्तपुर । गत असारमा लिईएको अस्थायी शिक्षकको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको छ । शिक्षक सेवा आयोगले अब एक साताभित्रै अस्थायी शिक्षक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो ।

काम सकिदैं गएका विषयहरुको नतिजा सार्वजनिक गर्दै लाने आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए । दशैं अघि नै नतिजा सार्वजनिक गर्ने पूर्व योजना असफल भएपछि आयोगले अबको एक दुई साताभित्रै नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो ।

नतिजा अघि गर्नुपर्ने मार्किङ् लगायतका प्रकृया पहिलो चरणमा सकेर केही विषयहरुमा अन्तिम रुजु गर्दै दोश्रो चरणका कार्य प्रारम्भ गरेको थपलियाको भनाई छ ।

एक साता भित्र दोश्रो चरणको कार्य सकेर नतिजा प्रकाशनको कार्य शुरु गरिने थपलियाले बताए । असार २९ र ३० गते लिईएको परीक्षामा २३ हजार २ सय ८६ आवेदन परेको थियो । शिक्षक सेवा आयोगले २२ हजार ७६ पदका लागि भर्ना आह्वान गरेको थियो ।

स्थायीको उत्तरपुस्तिका रुजु गर्ने काम सुरुः
गत असोज ११ देखि १३ गते लिईएको खुल्ला परीक्षाको उत्तर पुस्तिका रुजु गर्ने काम भईरहेको आयोगले जनाएको छ । परीक्षामा सहभागीहरुको उत्तर पुस्तिका रुजु गर्ने काम आयोगले सँगसँगै गरिरहेको प्रशासकीय प्रमुख डा. थपलियाले जानकारी दिए ।

उत्तर पुस्तिका कोडिङ् गर्नु अघि ब्यक्तिको नाम, नामेसी, सिम्बोल नम्बर र विषयहरुलाई टेवुल बनाएर राख्ने काम भईरहेको छ उनको भनाई छ । यसलाई पनि कोडिङ्कै तयारी सरह मानिनेछ । कतिपय जिल्लाबाट आएका उत्तरपुस्तिका अर्डरमा नआएको भन्दै त्यसलाई मिलाउने काम पनि भईरहेको बताए ।

जिल्लबाट आएका उत्तरपुस्तिका अर्डरमा आएको भए सजिलो हुने तर कतिपय जिल्लाबाट तलमाथि भएर आएको छ । त्यसलाई मिलाएर बल्ल परीक्षणको प्रकृयामा जानुपर्ने हुँदा आयोगका कर्मचारीको टोली अहिले त्यही काममा व्यस्त छ ।’

कापी मिलाउने काम पनि संगै भईरहेको भन्दै थपलियाले भने, ‘एउटै परीक्षार्थीको विषयगत २ वटा र वस्तुगत एउटा गरी तीन थरी कापी हुने भएकोले सबै भन्दा पहिला ती तीनै थरी कापीलाई एकै ठाउँमा मिलाउनु पर्ने हुन्छ । यसरी मिलाएपछि बल्ल कोडिङ् गर्दा सम्बन्धित परीक्षार्थीको कापी एकै ठाउँमा पर्ने जसले गर्दा उसले पाएको नम्बर तलमाथि नपर्ने हुन्छ । यो निकै संवेदनशील काम भएकोले पनि सजगताका साथ गर्नु पर्दा केही समय लाग्छ ।’

आयोगले प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा विज्ञापन गरेको थियो । तिनै तहको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन दिएका थिए । उक्त परीक्षाका ८० प्रतिशत परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।

उक्त परीक्षाका लागि आयोगले ३४ जिल्लामा परीक्षा केन्द्र निर्धारण गरेको थियो । आयोगले पहिलो पटक परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन भन्दै जुन जिल्लाबाट आवेदन फारम भरेको हो त्यसले अर्को जिल्लाबाट परीक्षा दिने गरी व्यवस्था मिलाएको थियो ।

Logo