गाईघाट

छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मंगलबार राति कुटपिट गरेर उनकै मलमुत्र खुवाइएको छ । "/>

७५ वर्षीया वृद्धालाई आफ्नै मलमुत्र खुवाएर कुटपिट !

७५ वर्षीया वृद्धालाई आफ्नै मलमुत्र खुवाएर कुटपिट !


गाईघाट

छाडा पशु चौपायाको विषयमा विवाद हुँदा उदयपुरमा एक वृद्धालाई मंगलबार राति कुटपिट गरेर उनकै मलमुत्र खुवाइएको छ । गाउँमा एक्लै बसेर गुजारा गर्दै आएकी उदयपुरगडी गाउँपालिका ५ मौवासीकी ७५ वर्षीया महिलालाई छिमेकी बक्ते राई, उनकै श्रीमती गर्भी राई र छोरा देवबहादुर राईले मलमुत्र खुवाएका हुन् ।

आरोपितले छोडेका पशुचौपायले बाली खाएपछि विवाद हुँदा वृद्धालाई कुटपिट गर्दै दिसा गर्न लगाई सोही दिसा खुवाइदिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए । कुर्मीका अनुसार वृद्धा शरीरभरी दिसा लिएर उजूरीका लागि प्रहरी कार्यालय पुगेकी थिइन् ।

कुटपिटबाट वृद्धाको दाहिने आँखामा गम्भीर चोट लागेको छ भने शरीरका अन्य भागमा पनि निलडाम छन् । वृद्धाको थप उपचार र घाउ जाँचको लागि जिल्ला अस्पताल उदयपुर पठाएको छ । पीडितले बुधबार जिप्रकामा आरोपितविरुद्ध जाहेरी दिएकी छन् । आरोपीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

छिमेकीले गाईवस्तु छोडेर बालीनाली नास नगरेपछि छिमेकीलाई दुःखेसो पोख्दा उल्दै मलमुत्र खुवाएको पीडित वृद्धाको भनाइ छ ।
अन्नपूर्णबाट

Logo