‘ठग्स अफ हिन्दुस्तान’ को दोस्रो गीत ‘सुरैया जान लेगी’ को टिजर सार्वजनिक भएको छ । जसमा कट्रिना कैफको फ्यानहरुले सिजलिंग डान्स हेर्न पाउनेछन् । "/>

‘सुरैया जान लेगी’ गीतमा कट्रिना र आमिरले लगाएको ठुम्का

‘सुरैया जान लेगी’ गीतमा कट्रिना र आमिरले लगाएको ठुम्का


‘ठग्स अफ हिन्दुस्तान’ को दोस्रो गीत ‘सुरैया जान लेगी’ को टिजर सार्वजनिक भएको छ । जसमा कट्रिना कैफको फ्यानहरुले सिजलिंग डान्स हेर्न पाउनेछन् । यो गीतमा विशाल ददलानी र श्रेया घोषालले स्वर दिएका छन् । यो भिडियोको अन्त्यमा लेखिएको छ, ‘गितको फुल भर्सन केवल थिएटरमा मात्रै देख्न पाइनेछ ।’

यो गीतको टिजरमा आमिर खान र कट्रिनाले ठुम्का लगाएका छन् । आमिर फिल्ममा फिरंगीको क्यारेक्टरमा देखिनेछन् । उक्त गीतमा प्रभुदेवाले कोरियोग्राफी गरेका छन् । यो भन्दा पहिला आएको ‘वस्मल्ले’ गीतमा अमिताभ र आमिरले जमेर डान्स गरेका छन् ।

‘सुरैया जान लेगी’ बोलको गीत कटरिनाको एक सोलो ट्रयाक हो, तर आमिर र फतिमासँग पनि उनको एक डान्स नम्बर फिल्ममा आएको छ । यो गीतको सुटिङ एकदमै भव्यसँग गरिएको थियो । तीनै कलाकारहरुले यो गीतको लागि धेरै तालिम लिनु परेको थियो ।

यस प्रकारको ट्राइवल डान्स यसभन्दा पहिले कुनै फिल्ममा देखिएको छैन् । यो गीत नै फिल्मको प्रमुख टर्निङ प्वाइन्ट हो । यो फिल्ममा १८ औं शताब्दीको कथा समेटिएको छ । यो फिल्म नोभेम्बर ८ मा रिलिज हुने भएको छ ।

Logo