काठमाडौं

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । "/>

प्रधानमन्त्री केपी ओली दबाबमा ( भिडियो सहित )

प्रधानमन्त्री केपी ओली दबाबमा ( भिडियो सहित )


काठमाडौं

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले आगामी दिनमा पार्टीका कुनै पनि निर्णय गर्दा विधि र पद्धति अनुसार गरिने प्रतिवद्धता जनाउनु भएको हो । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी पद्धति र प्रक्रियाबाट नेतृत्व नचलेको, निर्णयहरु पार्टीको विधि र विधान अनुसार नभएको भन्दै असन्तुष्टिको पत्र नै सचिवालयमा दर्ता गरेपछि अध्यक्ष ओली दबाबमा पर्नुभएको हो ।

असोजको पहिलो साता बसेको सचिवालय बैठकले प्रदेशका संयोजक तोकेपछि सोही निर्णय प्रति नेता नेपालले असन्तुष्टि जनाउदै लिखित असहमति पेश गर्नु भएको हो । सचिवालयको बैठकको निर्णय प्रति असहमति जनाउदै माधव कुमार नेपालले राखेको पत्र माथिको गम्भीर छलफल पछि अध्यक्षले विधि र पद्धतिलाई आगामी दिनमा पालना गरिने प्रतिवद्धता जनाउनु भयो ।

नेता नेपालको असन्तुष्टिको पत्र माथि बोल्दै अरु सदस्यहरुले पनि पार्टीको विधि पद्धति लगायतका विषयलाई आत्मसात गर्न नेतृत्वको गम्भीर ध्यान आकर्षण गराएपछि आगामी दिनमा विधि र पद्धति अनुसार नै चल्ने निर्णय बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । साथै बैठकले श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा पनि अस्वीकार गरेको छ ।

प्रदेश कमिटीको पुर्णता, जिल्ला कमिटीको एकिकरण लगायतका विषयमा एजेण्डा निश्चित भईसकेकाले त्यस बारेको निर्णय आगामी बैठकमा गरिने भएको छ । अर्को बैठक कार्तिक ७ गते अपरान्ह ३ बजेका लागि बोलाईएको छ । भिडियो :

Logo