एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहपछि अब भारतीय कमेडियन कपिल शर्मा पनि विवाह बन्धनमा बाधिने पक्का भएका छन् । "/>

कपिल शर्मा प्रेमिका गिन्नीसँग १२ डिसेम्बरमा विवाह गर्दै

कपिल शर्मा प्रेमिका गिन्नीसँग १२ डिसेम्बरमा विवाह गर्दै


एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहपछि अब भारतीय कमेडियन कपिल शर्मा पनि विवाह बन्धनमा बाधिने पक्का भएका छन् । उनले आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् ।

शर्माले १२ डिसेम्बरमा प्रेमिका गिन्नी चतरथसँग आफ्नो होमटाउन जालन्धरमा विवाह गर्ने निर्णय गरेका हुन् । कपिल भन्छन्, ‘गिन्नी उनको परिवारको एक्ली छोरी हुन् । त्यसैले उनको परिवार चाहन्छन् कि हाम्रो भव्यरुपमा विवाह होस् । म सबैको भावनाको कदर गर्छु र मेरो ममी पनि हाम्रो विवाह भव्यसँग होस भन्ने चाहानु हुन्छ ।’
को हुन् गिन्नी चतरथ ?

कपिल शर्मा र गिन्नी चतरथ एक अर्कालाई कलेजको दिनबाट जान्दछन् । कजेलमा हुने हरेक कार्यक्रममा उनीहरु सहभागी हुन्थे । गिन्नीको असली नाम भवनिता हो र उनी जालन्धरमा बस्दै आएकी छिन् । यसअघि गिन्नी र कपिलले एक साथ पञ्जावी कमेडी शो हन्सबलिएमा एउटै स्क्रिन सेयर गरेका थिए । उनीहरुको यहि सेटबाट लभस्टोरी सुरु भएको हो ।

गिन्नीले आफ्नो र कपिलको प्रेम सम्बन्धको बारेमा ५ वर्ष अगाडि अर्थात २०१३ मा अफिसियल घोषणा गरेकी थिइन् । तर यो कुरालाई धेरैले नोटिस गरेनन् । उनीहरुको विवाहको दुई दिनपछि अर्थात १४ डिसेम्बरमा रिसेप्सन पार्टी हुने बताइएको छ ।

 

Logo