काठमाडौं । बलिउड र हलिउडबाट सुरु भएको ‘मि टु मुभमेन्ट’ ले अहिले नेपालमा पनि प्रभाव पारेको छ । बलिउड तथा हलिउडका अभिनेत्रीहरु आफूमा भएको सेक्सुअल हेरेस्मेन्ट विरुद्घ आवाज उठाउन सुरु गरेका छन् । "/>

‘मि टु मुभमेन्ट’ मा मुछिए प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित

‘मि टु मुभमेन्ट’ मा मुछिए प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित


काठमाडौं । बलिउड र हलिउडबाट सुरु भएको ‘मि टु मुभमेन्ट’ ले अहिले नेपालमा पनि प्रभाव पारेको छ । बलिउड तथा हलिउडका अभिनेत्रीहरु आफूमा भएको सेक्सुअल हेरेस्मेन्ट विरुद्घ आवाज उठाउन सुरु गरेका छन् ।

हालै गायक तथा इण्डियन आइडलका जज अनु मलिक पनि ‘मि टु मुभमेन्ट’ मा मुछिए । जसले गर्दा उनले उक्त शो बाट राजीनामा दिनुपर्‍यो । भारतीय कलाकार आलोक नाथ र नाना पाटेकरमाथि पनि सेक्सुअल हेरेस्मेन्टको आरोप लागेको छ । यसको प्रभाव नेपालमा पनि परेको छ ।

केहि दिनयता नेपाली कलाकार, पत्रकार तथा अन्यलाई पनि सेक्सुअल हेरेस्मेन्टको आरोप लाग्दै आएको छ । दिनहुँ नेपाली चेलीहरु यौन हिंसाको शिकार भईरहेका हुन्छन् । तर उनीहरु आफ्नो बदनाम हुने डरले गर्दा यौन हिंसाको बारेमा खुल्न चाहदैनन् ।

नेपाली अभिनेत्री रेखा थापाले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘मि टु मुभमेन्ट’ को बारेमा स्टाटस लेखेकी छिन् । उनी लेख्छिन्, ‘#Me Too लाई सबैले गम्भीरतापूर्वक लिन जरुरी छ #MeTooMovement Be strong be brave.’ तर हाल सम्म आफू सेक्सुअल हेरेस्मेन्टमा नपरेको उनी बताउँछिन् ।

मि टु मुभमेन्ट राजनीति क्षेत्रमा पनि प्रवेश गरेको छ । पत्रकार रश्मिला प्रजापति पनि सेक्सुअल हेरेस्मेन्टको शिकार भएकी छिन् । रेडियो कान्तिपुरमा आर.जे समेत रहेकी प्रजापतिले काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा प्रदेश ३ भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापितले आफूमाथि गरेका यौन दुव्र्यवहारको बारेमा खुलेर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छिन् ।

उनी लेख्छिन्, “नेपालमा ठुलो स्थानमा पुगेका व्यतित्वहरुले आफ्नो पावरको दुरुपयोग गर्ने क्रम बढ्दै गएको छ । यो नै यौन हिंसाको विरुद्घ आवाज उठाउने ठीक समय हो । मैले दुई वर्ष अगाडि रातो पार्टी र अन्य मिडियामा पनि यो कुरा उल्लेख गरेको थिए । काठमाडौं महानगरपालिकाको पूर्व मेयरले आफूमाथि गरेको यौन प्रस्ताव स्वीकार नगर्दा मैले आफ्नो जागिर गुमाउनु पर्यो । अहिले फेरि त्यहि मानिसले अरु महिला पत्रकारमाथि यौन दुव्र्यवहार गरेको म हेरेर बस्न सक्दिन । म यति कुरा थाहा पाउँदा पाउँदै चुप लागेर बस्न सकिन र यो स्टाटस सार्वजनिक नगरि बस्न सकिन । १५ वर्ष भईसक्यो यो घटना भएको तर यो मानिसले महिलालाई यौन शोषण गर्न भने अझै छोडेका छैनन् । दर्जन भन्दा बढी महिलाहरु सेक्सुअल हेरेस्मेन्टको शिकार भईसकेका छन् । कतिपय महिलाहरु त मेरो फेसबुकको लिस्टमा पनि छन् । आउनुहोस हामी सबै महिला मिलेर हामीमाथि दिनहुँ हुने गरेको यौन र्दुव्यवहार विरुद्घ आवाज उठाऔं । हामी यस्ता घटनालाई रोक्न सक्छौं र संसारलाई चिनाउन सक्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित यौन शोषक हुन् ।”

 

Logo