नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । "/>

नेपाली फुटबलरको उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा

नेपाली फुटबलरको उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा


नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट १० गोलमा सुलभको गोल परेको हो ।

अष्ट्रेलियाको नर्थन टेरिटोरी स्टेट लिग क्लब हेलेनिक एट्लेटिकबाट व्यवसायीक फुटबल खेल खेल्दै आएका सुलभले वेष्टर्न सिड्नी क्लबविरुद्ध गरेको गोल वर्ष गोल अवार्डका लागि मनोनित भएको अष्ट्रेलिया फुटबल महासङ्घले जनाएको छ ।

मनोनयनमा परेका १० गोलमध्ये समर्थकको भोटको आधारमा विजेता घोषित गरिनेछ । वर्ष गोल अवार्डका लागि यही कात्तिक ७ गतेसम्म भोट गर्न सकिनेछ । सर्वाधिक मत पाउने गोलले वर्ष गोल अवार्डको उपाधि जित्नेछ ।

Logo