काठमाडौं

दसैं, तिहार, नयाँ वर्ष जस्ता महत्वपूर्ण चाडपर्वका अवसरमा एकआपसमा शुभकामना आदान–प्रदान गर्ने र खुसियाली मनाउने चलन छ । "/>

शुभकामना आदान-प्रदानका लागि सामाजिक सञ्जालको प्रयोग वढी

शुभकामना आदान-प्रदानका लागि सामाजिक सञ्जालको प्रयोग वढी


काठमाडौं

दसैं, तिहार, नयाँ वर्ष जस्ता महत्वपूर्ण चाडपर्वका अवसरमा एकआपसमा शुभकामना आदान–प्रदान गर्ने र खुसियाली मनाउने चलन छ । नेपाली समुदायमा मनाइँदै आएका चाडपर्व वर्षौं देखि उस्तै छन् । तर यी पर्व मनाउने शैलीमा भने परिवर्तन हुँदै गएको छ ।

मानव जीवनमा नै उथलपुथल ल्याएको प्रविधिले चाडपर्वलाई पनि उत्तिकै प्रभाव पारेको छ । दसैं, तिहार तथा नयाँ वर्षमा भेटेर पोस्टकार्ड तथा फूलको गुच्छा साटासाट गर्ने चलनलाई पनि सूचनाप्रविधिले बदलिदिएको छ । प्रविधिले ल्याएको परिर्वतले भेट्ने, गला जोड्ने, पोस्टकार्ड र फूलको गुच्छा दिएर आत्मीयता साट्नेहरू घट्दै छन् । फेसबुक, ट्विटरका भित्ताहरूमा शुभकामना साट्ने प्रचलनले दिनप्रतिदिन व्यापकता पाउँदै आएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झा पछिल्ला वर्षमा शुभकामना आदानप्रदान गर्न फोन र एसएमएम प्रयोग गर्ने क्रम घटेको बताउँछन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसमा कमी आएको उनको भनाइ छ । प्रयोग गर्न सजिलो हुने र धेरै मानिसको पहुँचमा सामाजिक सञ्जाल पुग्न थालेपछि शुभकामना साट्ने शैलीमा क्रमशः परिवर्तन देखिन थालेको हो ।

केही वर्ष अघि सम्म दसैंको अवसरमा सरकारी स्वामित्वको नेपाल टेलिकमको नेटवर्कबाट मात्रै दैनिक एक लाख भन्दा बढी शुभकामनाका एसएमएसहरू आदान प्रदान हुन्थे । टेलिकम बाहेकका अन्य सेवा प्रदायकका नेटवर्कबाट पनि यस्तै हाराहारीमा एसएमएसको कारोबार हुन्थ्यो । अहिले यो क्रम निकै कम भएको टेलिकम स्रोत बताउँछ ।

हातहातमा मोबाइल हुनेले एसएमएस, एमएमएस मार्फत आफ्ना मनपर्ने साथी तथा परिवारजनमा शुभकामना आदानप्रदान गर्ने चलन अहिले पुरानो भइसक्यो । इन्टरनेट पहुँच भएकाहरूले सामाजिक सञ्जाललाई नै शुभकामना आदानप्रदान गर्ने माध्यम बनाउनु नौलो रहेन । इन्टरनेटमा झुम्नेहरूले सामाजिक सञ्जाललाई भरपुर प्रयोग गर्दै आएका छन् । नेपालीहरूको घरदैलोमा बडा दशैं हुन लाग्दा देखि नै दसैंका शुभकामनाका स्टाट्सले फेसबुक प्रयोगकर्ताको वाल भरिन थालेका थिए । दसैं आउनु अगावै देखि शुभकामनाको ओइरो लाग्न थालिसकेको थियो । सामाजिक सञ्जालबाटै साथीभाइ तथा आफन्तहरूबीच सम्बन्ध विस्तार र आत्मीयता बढाउन सजिलो भएको छ ।
राजधानीबाट

Logo