काठमाडौं

अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ । "/>

आईसीसी एक दिवसीय विश्वकप ट्रफी यसै साता नेपाल ल्याइने

आईसीसी एक दिवसीय विश्वकप ट्रफी यसै साता नेपाल ल्याइने


काठमाडौं

अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ । ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी ) को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् ।

‘आईसीसी विश्वकप ट्रफीको नेपाल टुर कार्यक्रम भव्य बनाउने तयारीमा हामी जुटेका छौं’, घिमिरेले भनिन्, ‘यसै साता आउने भए पनि दिनको टुंगो लाग्न बाँकी छ ।’ आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो । फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ । सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो ।

आईसीसी विश्वकपको १२ औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ । विश्वकप सुरु हुनु अघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले पाँचवटै महादेशमा ट्रफी टुर गराउन लागेको हो । आईसीसीले ट्रफीलाई २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पुर्‍याउने योजना बनाएको छ ।

ट्रफी टुर आईसीसीको दुबईस्थित मुख्यालयबाट अगस्ट २७ बाट सुरु गरिएको हो । नौ महिना लामो भ्रमणमा सुरुका ६ महिना ट्रफीलाई विभिन्न राष्ट्रमा पुर्‍याइने छ भने बाँकी तीन महिना इङ्ल्यान्डकै सहरहरूको परिक्रमा गराइने छ ।

नेपाल भ्रमणका क्रममा ट्रफीलाई काठमाडौं सहित पोखरा पनि लगिने बताइएको छ । आईसीसीले सम्भव भएसम्म ट्रफीलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्म पुर्‍याउने योजना बनाएको छ । यसको अन्तिम टुंगो हुन भने बाँकी छ । काठमाडौंमा ट्रफीलाई वसन्तपुर दरबार स्क्वायर र नारायणहिटी दरबार आगाडि राख्ने तयारी छ ।
अन्नपूर्णबाट

Logo