काठमाडौं । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ नेपालका हलहरुमा चलिरहँदा यो फिल्मको स्पेनमा पनि सो तय भएको छ । "/>

‘छक्का पञ्जा ३’ अब स्पेनमा पनि प्रर्दशन हुने

‘छक्का पञ्जा ३’ अब स्पेनमा पनि प्रर्दशन हुने


काठमाडौं । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ३’ नेपालका हलहरुमा चलिरहँदा यो फिल्मको स्पेनमा पनि सो तय भएको छ । पछिल्लो क्रम स्पेनमा नेपाली फिल्मको मार्केट फस्टाउँदै जाँदा एकपछि अर्को गर्दै हरेक महिना जसो फिल्म प्रर्दशन हुने क्रम बढ्दो छ । छक्का पञ्जा स्पेनको चार सहरमा प्रर्दशन हुने सारा इभेन्ट इन्टरटेनमेटका मेघनाथ ढकालले जानकारी दिए । ढकालले यस अघि कृ, रामकहानी, लिलीबिली लगायतका आधा दर्जन बढी नेपाली फिल्मको ओभरसिज प्रर्दशन अधिकार लिएर स्पेनबासी नेपालीहरुमाझ देखाइसकेका छन् ।

स्पेनको राजधानी म्याड्रीड, बार्सिलोना, बेनिड्रोम र बिल्वाओमा गरि चार शहरमा यो फिल्म प्रर्दशन हुनेछ । एउटा टिकटको १२ यूरो पर्नेछ साथै म्याड्रीडको क्याले मागालेन्स १ र मेट्रो क्युभिडो लाइन २ मा भने नोभेम्बर ११ साँझ ५ः४५ मा छक्का पञ्जा प्रर्दशन हुने भएको छ ।

कमेडी जनरामा निर्माण भएको यस फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, बुद्घि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । घटस्थापनाबाट प्रर्दशनमा आएको यस फिल्मले प्रदर्शन भए देखि करोडौं कमाई गरिसकेकोे छ ।

Logo