उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुगेका छन् । "/>

उद्योगमन्त्री यादव जेनेभामा

उद्योगमन्त्री यादव जेनेभामा


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जेनेभा पुगेका छन् ।

व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (अङ्कट्याड) र स्वीट्जरल्याण्ड सरकारले संयुक्त रुपमा आयोजना गरेको लगानी मञ्चमा उहाँले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । जेनेभास्थित राष्ट्रसङ्घीय र अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि स्थायी नेपाली नियोगका अनुसार मन्त्री यादवले भूपरिवेष्टित अल्पविकसित देशमा वैदेशिक लगानी प्रवद्र्धन’ विषयको गोलमेच बैठकलाई सम्बोधन गर्नेछन् ।

उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाले भने दिगो विकासका लागि महिला विकासः उद्यमशीलता तथा लगानी परिदृष्य रुपान्तरणका निम्ति महिलाको आर्थिक सशक्तीकरण’ विषयको अन्तर्राष्ट्रिय छलफलमा सहभागी हुनेछिन् । आजदेखि शुरु भएको विश्व लगानी मञ्चमा १५ देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख, ५० भन्दा बढी मन्त्री र १०० जनाभन्दा बढी प्रमुख कार्यकारी अधिकृत, राष्ट्र सङ्घ र अन्य अन्तराष्ट्रिय सङ्गठनका वरिष्ठ कार्यकारीका साथै नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको उक्त नियोगले जनाएको छ ।

Logo