सिन्धुली

सिन्धुलीको जुनार सिजन अघि नै बजारमा ल्याइएको छ । कृषकले महँगो मूल्यमा बिक्री गर्न पाइने भन्दै पाक्दै नपाकेको काँचो जुनार बजारमा बिक्री गर्न ल्याएका हुन् । "/>

सिन्धुलीका जुनार नपाक्दै बजारमा

सिन्धुलीका जुनार नपाक्दै बजारमा


सिन्धुली

सिन्धुलीको जुनार सिजन अघि नै बजारमा ल्याइएको छ । कृषकले महँगो मूल्यमा बिक्री गर्न पाइने भन्दै पाक्दै नपाकेको काँचो जुनार बजारमा बिक्री गर्न ल्याएका हुन् । सामान्यतया मंसिर दोस्रो साताबाट फल खानयोग्य हुने जुनार चाडवाडको मौका छोपी कृषकले आफूखुसी बजारमा बिक्री गर्न ल्याउन थालेको जुनार विकास संघ सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेले गुनासो गरे ।

‘प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तरगत ‘जुनार जोन’ परियोजना सञ्चालन भएका सिन्धुली र रामेछाप जिल्ला अन्तरगतका विभिन्न कृषकले नै हरियोमै जुनार टिपेर बिक्री गर्ने गरेका छन्’, आलेले भने । परियोजनाले लाखौं रुपैयाँको आर्थिक तथा प्राविधिक र विभिन्न औजार प्रदान गर्दै आएका ‘जुनार जोन’ परियोजना समेत आबद्ध कृषकले काँचोमै जुनार टिपेर बजार बिक्री गर्न थालेकोले जुनारको जिल्ला भनेर परिचित सिन्धुली र रामेछापमा पहिचान र गुणस्तरमै प्रश्नचिन्ह उठाउने काम गरेको भन्दै आलेले आक्रोस समेत व्यक्त गरे ।

‘आफूहरूले पटकपटक कृषकलाई सिजन नै नभइ जुनार बजारमा बिक्री गर्न नल्याउन भने पनि कृषकले मानेका छैनन् । उनीहरूलाई जुनार जोन र जुनार विकास संघले पनि सहयोग गर्दैन’, उनले भने । व्यापारीले बगैंचामै पुगेर राम्रो मूल्य दिएर कृषकलाई फकाउँदै बजारमा ल्याएर बिक्री गर्ने गर्दा जुनारको स्वाद र गुणस्तर भने नहुँने जुनार संघका निवर्तमान अध्यक्ष तिलक थापाको भनाइ छ । उक्त परियोजना अन्तरगत उत्पादित जुनारलाई गुणस्तरीय र रोग किरा रहित उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत खपत गराउने लक्ष्य लिएको भए पनि कृषकले लापरबाही गर्दै जुनार सिजन अघिनै बजारमा ल्याउँदा गुणस्तरमा समेत समस्या आउने जानकार बताउँछन् ।

सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाँसेश्वर, भुवनेश्वरी, तीनकन्या लगायतमा जुनारको व्यावसायिक खेती गरिँदै आएको छ । तर कृषकले असोज देखि नै बीपी राजमार्गका विभिन्न सडक र जिल्ला सदरमुकाम तथा खुर्कोट, मन्थली, रामेछाप लगायत बजारमा पुर्‍याएर बिक्री गर्ने गरेको बताइएको छ ।
अन्नपूर्णबाट

Logo