काठमाडौँ

दसैंको फूलपाती देखि द्वादशीसम्म देशभरि २३ वटा सडक दुर्घटना भएका छन् । जसमा ३१ जनाको मृत्यु भएको छ । "/>

दशैं भरि दुर्घटना नै दुर्घटना : ३१ जनाको मृत्यु ( कहाँ कहिले दुर्घटना ? )

दशैं भरि दुर्घटना नै दुर्घटना : ३१ जनाको मृत्यु ( कहाँ कहिले दुर्घटना ? )


काठमाडौँ

दसैंको फूलपाती देखि द्वादशीसम्म देशभरि २३ वटा सडक दुर्घटना भएका छन् । जसमा ३१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा एक सय २९ जना घाइते भएका छन् ।

शनिबार र आइतबार मात्रै नवलपरासी पूर्व, चितवन, रामेछाप, महोत्तरी, जनकपुर र रूपन्देहीमा भएका सडक दुर्घटनामा १६ जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । कात्तिक १ गते महानवमीको दिन काठमाडौं र सिरहाको लहानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको सानोभर्‍याङमा भएको मोटरसाइकल दुर्घटनामा पैदलयात्री वीरबहादुर तामाङको मृत्यु भएको थियो । सिरहाको चोहर्वामा गाडी र मोटरसाइकल एकआपसमा जुध्दा लालु कामतीको मृत्यु भएको थियो ।

फूलपातीको दिन उदयपुर त्रियुगा नगरपालिकास्थित सडकमा मोटरसाइकल दुर्घटनामा दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको थियो । झापा बुद्धशान्ति चोकमा भने मंगलबारै मोटरसाइकलले ७५ वर्षीय खड्गबहादुर कार्कीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दिन रुकुम मुसिकोटमा बस सडकबाट एक सय ५० मिटर तल खस्दा नौ वर्षीय बालक परेश बीसीको घटनास्थमै मृत्यु भएको थियो । कहिले दुर्घटना :-

असोज ३० – ७ दुर्घटना, ६ को मृत्यु
असोज ३१ – ७ दुर्घटना, १२ को मृत्यु
कात्तिक १ – २ दुर्घटना, १ को मृत्यु
कात्तिक २ – १ दुर्घटना, १ को मृत्यु
कात्तिक ३ – ४ दुर्घटना, ५ को मृत्यु
कात्तिक ४ – २ दुर्घटना, ६ को मृत्यु
अन्नपूर्णबाट

Logo