काठमाडौँ

दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि आगामी कार्तिक दोस्रो सातादेखि शेयर निष्काशन गर्ने तयारी गरेको छ । "/>

तामाकोशीको दोस्रो चरणको सेयर कार्तिक दोस्रो साता देखि खुल्ने

तामाकोशीको दोस्रो चरणको सेयर कार्तिक दोस्रो साता देखि खुल्ने


काठमाडौँ

दोलखाको लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि आगामी कार्तिक दोस्रो सातादेखि शेयर निष्काशन गर्ने तयारी गरेको छ ।

आयोजनाले जिल्लाबासीको शेयर बाँडफाँड लगत्तै दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको हो । दोस्रो चरणको सेयर आगामी कार्तिक १५ गते देखि निष्काशन गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । दोस्रो चरणमा साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन हुने माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार दुई करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाबासीलाई लक्षित गरी एक करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्ने बताए । स्थानीयलाई शेयर बाँडेपछि सर्वसाधारणका लागि दोस्रो चरणको सेयर कार्तिक १५ गते देखि निष्काशन गर्न लागिएको बताएको हो । सेयर बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने न्यौपानेले बताए ।
नयाँ पत्रिकाबाट

Logo