दिवंगत काँग्रेस नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने भएको छ । गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन भएका नेता बास्तोलाको आज अपरान्ह ४ बजेपछि अन्त्येष्टि गर्न लागिएको हो । "/>

चक्र बास्तोलालाई श्रद्धाञ्जली दिन रामचन्द्र घर पुगेपछि (भिडियोमा)

चक्र बास्तोलालाई श्रद्धाञ्जली दिन रामचन्द्र घर पुगेपछि (भिडियोमा)


दिवंगत काँग्रेस नेता एवम् पूर्व मन्त्री चक्रप्रसाद बास्तोलाको अपरान्ह अन्त्येष्टि गरिने भएको छ । गएराति ललितपुरको खुमलटारस्थित निवासमा निधन भएका नेता बास्तोलाको आज अपरान्ह ४ बजेपछि अन्त्येष्टि गर्न लागिएको हो ।

अहिले निवासमा राखिएको उनको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन शुभेच्छुक, कांग्रेस नेता, कार्यकर्ताहरु भेला भएका छन । उनको पार्थिव शरिरलाई पार्टी केन्द्रिय कार्यालय सानेपामा पनि श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेकोे काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निवासमा राखिएको उनको पार्थिव शरिरलाई श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता बास्तोलालाई प्रखर र प्रतिभाशाली नेताको रुपमा स्मरण गरे । उनले पार्टीलाई राजनीतिक, कूटनीतिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण सुझाव दिनु हुने नेता बास्तोलाको निधनप्रति गहिरो दुःख समेत व्यक्त गरे ।

२०६९ साल पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत अवस्थामा थिए । बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुतको भूमिका पनि कुशलताका साथ निर्वाह गरेका थिए ।

नेता बास्तोला २०४६ सालको जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई परराष्ट्र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने नेताको रुपमा पनि परिचित थिए ।

Logo