काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था गम्भीर बनेको छ । उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । "/>

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था निकै गम्भीर

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको अवस्था निकै गम्भीर


काठमाडौं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था गम्भीर बनेको छ । उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले बास्कोटालाई ४ बजे घर फिर्ता पठाएको छ ।

उहाँको अवस्था गम्भीर रहेको तर मिडियामा आएजस्तो नभएको बास्तोलाका नीजि सचिव राधाकृष्णले जानकारी दिए । उहाँको अवस्था निकै गम्भीर रहेकाले चिकित्सकहरुकै सल्लाहमा अस्पतालबाट घर लगिएको उनले बताए । बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए ।

१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो । भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । पछिल्लो ६ महिनादेखि बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको थियो । उनको होस आएको थिएन ।

क्षमाप्रर्थीः कांग्रेस नेता बास्तोलाको स्वास्थ्य अवस्थाबारे यसअघि प्रकाशित खबरका लागि क्षमाप्रार्थी छौँ । बास्तोलाकी बारेमा हामीलाई आएको सूचनाको आधारमा प्रकाशित भएको समाचारलाई सच्याइएको छ । यसअघि प्रकाशित समाचारप्रति क्षमा चाहन्छौँ । -सम्पादक

 

Logo