कञ्चनपुर काण्डः एआइजी धिरु बस्नेत नेतृत्वको समिति कञ्चनपुर पुग्यो

कञ्चनपुर काण्डः एआइजी धिरु बस्नेत नेतृत्वको समिति कञ्चनपुर पुग्यो


नेपाल प्रहरीका एआइजी धिरु बस्नेतको नेतृत्वमा गठन भएको छानविन समिति कञ्चनपुर पुगेको छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानविनका लागि समिति कञ्चनपुर पुगेको हो ।

झण्डै एक महिनासम्म काठमाडौंमा रहेर अनुसन्धान तथा छानविन गरिरहेको समिति पहिलोपटक आज कञ्चनपुर पुगेको हो । निर्मलाको हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी–कमजोरीको समेत छानविन थालेको छ ।

समितिले कञ्चनपुरमा घटनास्थल, पीडित परिवारलगयत अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने बताइएको छ ।

Logo