कैलाली । कैलालीको अत्तरियामा मोटरसाइकल र बस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षका हेमन्त साउद र सोही ठाउँका २४ वर्षका विक्रम खड्का रहेको प्रहरीले जनाएको छ । "/>

अत्तरियामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

अत्तरियामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु


कैलाली । कैलालीको अत्तरियामा मोटरसाइकल र बस ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का २८ वर्षका हेमन्त साउद र सोही ठाउँका २४ वर्षका विक्रम खड्का रहेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि भारततर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको कर्णाली यातायातको ना ५ ख ९०४९ को बस र अत्तरियाबाट पूर्वतर्फ जाँदै गरेको से ५ प ७५३६ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीको नम्बर सात बाहिनी नजिकै ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

दुबैजनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको गाडीमा पदमा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बरेली रेफर गरेपनि बाटोमा नै उनीहरुको मृत्यु भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Skip This
Logo