अस्ट्रेलिया सम्बाददाता । नेपाली चलचित्र छक्का पन्जा-३ अस्ट्रेलियाका सबै स्टेटमा प्रदर्शन हुने भएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म छक्का पञ्जा ३ अस्ट्रेलियाका सबै राज्यहरुमा प्रदर्शन हुन लागेको हो । "/>

छक्का पञ्जा-३ अस्ट्रेलियाका सबै राज्यमा प्रदर्शन हुँदै

छक्का पञ्जा-३ अस्ट्रेलियाका सबै राज्यमा प्रदर्शन हुँदै


अस्ट्रेलिया सम्बाददाता । नेपाली चलचित्र छक्का पन्जा-३ अस्ट्रेलियाका सबै स्टेटमा प्रदर्शन हुने भएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म छक्का पञ्जा ३ अस्ट्रेलियाका सबै राज्यहरुमा प्रदर्शन हुन लागेको हो । दीपकराज गिरी, दीपाश्री आफैँ, जितु नेपाल, केदार घिमिरे जस्ता कलाकारहरुको यो फिल्मले व्यावसायिक रेकर्ड तोड्ने अडकल गरिएको छ ।

चलचित्रलाई रक्डेल ब्वाईज र कमेरो ईभेन्टसले प्रर्दशन गर्न लागेको हो । १२/१३/१४ अक्टोवरमा ईभेन्ट सिनेमा हर्सभिलमा प्रर्दशन हुने ‘छक्का पन्जा ३’ को लागि टिकटहरू लगभग सकिन लागेका आयोजनकले जनाएको छ ।

ग्यांगस्टार ब्लुज, डमरूको डन्डिबियो, नेप्टे जस्ता चलचित्र सिड्नीमा ल्याएको रक्डेल ब्वाईजले सिड्नीमा धेरै सांगितिक कार्यक्रमहरू गरेको छ । त्यस्तै होली मेला गरेर आफ्नो पहिचान बनाईसकेको कमेरो ईभेन्ट पनि सांगितिक कार्यक्रमहरू गर्ने एक सफल ईभेन्ट अर्गनाइजर हो ।

 

Logo