धनगढी । ‘पहिला म भारतबाट आउँदा पनि धेरै पटक सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले विभिन्न बहानामा सास्ती दिने गरेका थिए । "/>

जब मुख्यमन्त्री भट्टले सीमामा पुगेर भारतमा चौकीदारी गरेका दिन सम्झिए

जब मुख्यमन्त्री भट्टले सीमामा पुगेर भारतमा चौकीदारी गरेका दिन सम्झिए


धनगढी । ‘पहिला म भारतबाट आउँदा पनि धेरै पटक सीमा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले विभिन्न बहानामा सास्ती दिने गरेका थिए ।’ गौरीफन्टा सीमा क्षेत्रको अवलोकनमा गएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट विगत सम्झिदैं थिए ।

लामो समय भारतमा चौकीदारी गरेका मुख्यमन्त्री भट्ट गौरीफन्टा नाकामा पुगेर दशैका लागि भारतबाट र फर्किएकाहरुसँग भलाकुसारी गर्दै आफ्नो विगत बताईरहेका हुन् । आफनो विगत सम्झँदै मुख्यमन्त्री भट्टले भने, ‘सीमामा तपाइहरुले पनि दुःख पाउनुभयो कि भनेर बुझ्न आएको हुँ ।’

साधारण जीवनशैलीका भट्ट बुधबार बिहानै नेपाल भारत सीमा नाका गौरीफन्टा पुगे र स्वदेश फर्किरहेका लाहुरेहरुलाई भेटेका थिए । दसैँ मनाउन घर फर्किरहेका सुदूरपश्चिमेलीहरुलाई भेटेर उनले नाकामा कहिँ कतै दुःख पाइयो कि भनेर सोधेनन् मात्रै आफूले कुनै बेला भारतमा चौकीदारी गर्दा घर फर्केने क्रममा लुटिनु र कुटिनुपरेको तितोसत्य समेत सम्झिए ।

हरेक वर्ष दसैँ तिहार मनाउन घर फर्कने नेपालीहरुलाई भारतीय पक्षले मात्रै होइन सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीहरुले समेत लुटपाट गर्ने गरेका छन् ।

उनले घर फर्कदा सीमामा दुःख पाउनुपर्ने अवस्था अब नरहने दाबी गरे । ‘नेपाल र भारतका सुरक्षा अधिकारीसँग सीमामा सहज आवागमनका लागि निर्देशन दिएको छु, लुट्नेप्रथाको अब अन्त्य भएको छ’ मुख्यमन्त्री भट्टले भने । मुख्यमन्त्रीसँग भारतमा काम गरेर घर फर्किएका नेपालीहरुले विभिन्न गुनासा पोखेका थिए ।

 

Skip This
Logo