काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विभिन्न सेवामा छुट अफर दिएको छ । विजया दशमीको अवसर पारेर टेलिकमले विगतका वर्षहरु जस्तै गरेर यो वर्ष पछि छुट अफर दिएको हो । "/>

दशैमा नेपाल टेलिकमको यस्ता अफर

दशैमा नेपाल टेलिकमको यस्ता अफर


काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विभिन्न सेवामा छुट अफर दिएको छ । विजया दशमीको अवसर पारेर टेलिकमले विगतका वर्षहरु जस्तै गरेर यो वर्ष पछि छुट अफर दिएको हो ।

टेलिकमले अनलिमिटेड प्याक, भ्वाइस प्याक, डाटा प्याक, रिचार्जमा बोनस, एडीएसएल/एफटीटीएच तर्फ अफर दिएको हो ।

टेलिकमले अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपलब्ध गराएको छ । रु. ६०० मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ ।

सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७ दिन समयावधिका लागि ३०० मा समेत उपलब्ध हुनेछ ।

भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिनेछ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।

त्यस्तै टेलिकमले डाटा प्याक अन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ ।

रिचार्जमा पनि बोनस उपलब्ध गराउने छ । आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रु. १०० र २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ ।

१०० र २०० को बोनस ३ दिन भित्र र ५०० र १००० को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

त्यस्तै टेलिकमले एडीएसएल/एफटीटीएच/वाइम्याक्समा पनि अफर प्रदान गरेको छ । आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गते सम्म थप गरिने छ ।

Logo