चण्डेनीमण्डन, काभ्रे

जिल्लाको मण्डनदेउपुर नगरपालिका १० नं. वडा कार्यालय चण्डेनीमण्डन–शिक्षा समितिको संयोजनमा आइतबार शिक्षक र सदस्यहरु वीच शिक्षाको गुणस्तर सुधार विषयक एकदिने अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो । "/>

चण्डेनीमण्डनमा शैक्षिक गुणस्तर सुधारको प्रयास

चण्डेनीमण्डनमा शैक्षिक गुणस्तर सुधारको प्रयास


चण्डेनीमण्डन, काभ्रे

जिल्लाको मण्डनदेउपुर नगरपालिका १० नं. वडा कार्यालय चण्डेनीमण्डन–शिक्षा समितिको संयोजनमा आइतबार शिक्षक र सदस्यहरु वीच शिक्षाको गुणस्तर सुधार विषयक एकदिने अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो ।

श्री उमा सह शिक्षालय माध्यमिक विद्यालय, श्री विन्ध्यवासिनी मा.वि., श्री कालिका आधारभूत विद्यालय, श्री कालीकुमारी आधारभूत विद्यालय, श्री कुलाचौर आधारभूत विद्यालय र श्री हिमज्योतिआधारभूत विद्यालयका कुल ३२ जना शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु, शिक्षा समितिका संयोजक तथा सदस्यहरु र स्वास्थ्यचौकीका कर्मचारीहरु समेतको सक्रिय सहभागिता रहेको थियो ।

आमा समुहको भवन बास्चवामा आयोजित सो कार्यक्रमको पूर्वाद्र्धमा वडाध्यक्ष एवम् शिक्षा समितिका संयोजक विष्णुमणि नेपालले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो भने समितिका सदस्य एवम् पत्रकार बद्री तिवारीको शिक्षण तथा सिकाईका लागि आवश्यक पक्षहरु अनुभूति र दृष्टिकोण विषयक प्रस्तुति रहेको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा संयोजक नेपालले शिक्षकको भूमिका तथा कर्तव्य बोध गराउँने प्रस्तुति रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई ६ समूहमा विभाजन गरी आगामी कार्ययोजना निर्माणका लागि सुझाव संकलन तथा छलफल गराइएको थियो । वडाका ६ वटा विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शिक्षा समिति, स्थानीय सरकार, अभिभावक, समुदाय, विद्यालय व्यवस्थापन समितिहरु तथा शिक्षक/अभिभावक संघ र विद्यार्थीहरुले खेल्नु पर्ने भूमिकाबारे सुझाव प्रस्तुत गरिएको थियो । नगरप्रमुख टोकबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन वडा सचिव राजु नेपालले गर्नुभएको थियो भने सहजीकरण उमा सह माविका प्र.अ.शालिकराम श्रेष्ठले गर्नुभएको थियो ।

 

Logo