काठमाडौं । नायिका प्रियंका कार्की हिजो आज निकै व्यस्त छिन् । छोटो रोल नै किन नहोस एकपछि अर्को म्युजिक भिडियो र चलचित्रहरुमा अभिनय गर्नमा उनलाई भ्याई नभ्याई छ । "/>

जब प्रियंका हट अवतार पुगिन (भिडियो र तस्बिरसहित)

जब प्रियंका हट अवतार पुगिन (भिडियो र तस्बिरसहित)


काठमाडौं । नायिका प्रियंका कार्की हिजो आज निकै व्यस्त छिन् । छोटो रोल नै किन नहोस एकपछि अर्को म्युजिक भिडियो र चलचित्रहरुमा अभिनय गर्नमा उनलाई भ्याई नभ्याई छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि चलचित्र ‘बादशाह जुट’ को ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा प्रियंका हट पहिरनमा सजिएकी थिइन् ।

प्रियंका त्यो पहिरनमा निकै हट देखिएकी थिइन् । कार्की अभिनित चलचित्र ‘बादशाह जुट’ को ‘काफल पाक्यो’ बोलको गीत राजन राज सिवाकोटी र मेलिना राईको मिठो स्वरले सजिएको छ ।

यो गीतमा नायिका प्रियंका कार्की, शुशिल श्रेष्ठ र आमिर गौतमको नृत्य देख्न सकिन्छ । साथै कृष्ण भारद्घाजको संगीत रहेको छ भने डीपी खनालको शब्द रहेको छ । यस चलचित्रमा जोनी सिंह राणाको लेखन तथा निर्देशन रहेको छ ।

उत्तम हुमागाईको छायांकन रहेको यस गीतमा विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । ‘बादशाह जुट’ लाई हर्क बहादुर कुवर र भोज राज श्रेष्ठले निर्माण गरेका हुन् । यो चलचित्र पुस १३ गतेबाट देशभर प्रर्दशन हुँदैछ ।

 

Logo